होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा कालोपत्रे पूरा नगर्दै सडक पास
समाचार

धनगढीमा कालोपत्रे पूरा नगर्दै सडक पास

  • नागरिक रैबार
धनगढीमा कालोपत्रे पूरा नगर्दै सडक पास

धनगढीः धनगढीमा संघीय सरकारले निर्माण गरेका कालोपत्रे सडकका योजना पूरा नगरेरै पास गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत कार्यान्वयन भएका योजना अधुरोमै पास गरिएको हो।  संघीय सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकको बीच भागमा रुख छन्। रुख भएका क्षेत्रमा सडक कालोपत्रेको काम गरिएको छैन। तर पनि सडक योजनाहरु पास भएका छन्।

संघीय सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा निर्माण भएका सडकहरुमा दुई सय बढी रुख अझै काट्न बाँकी छन्। कार्यक्रम अन्तरगत निर्माण भएका सडकहरु कालोपत्रेको काम पूरा भएको छ। निर्माण व्यसायीले भुक्तानीसमेत लिएका सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख प्रविन शाहले बताए। उनले भने, ‘रुख कटानीको स्वीकृती आएको छैन। तर सडक निर्माणको काम सकिएको छ। रकमको भुक्तानी पनि दिएका छौ।’

कालोपत्रे सम्पन्न गर्दै सडक योजनाहरुको रकम भुक्तानी हुँदा पनि रुख काटिएका छैनन्। संघीय वन मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय नभएको भन्दै रुख नकाटिएको बताइएको छ। सडकको बीच भागमा रुख राखेर कालोपत्रे गरिएकाले दुर्घटनाको जोखिम छ।

विज्ञापन

धनगढी उपमहानगरपालिकामा निर्माण भएका चक्रपथसहित, तुल्सीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपल चौतारा–जाई–मट्यारी सडकमा पनि रुख रहेका छन्। डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकार डवलबहादुर बोहराले सहरी विकासका सडकको रुख कटानीको आदेश नआएको बताए। उनले भने, ‘अन्य भवनको कटानी आदेश आएको छ। तर सडकहरुका रुखको आएको छैन।’

रुख भएका क्षेत्रमा सडक कालोपत्रे नभएकाले उक्त क्षेत्रमा कालोपत्रेका लागि पुनःठेक्का गर्नुपर्ने देखिएको छ। रुख कटानी र सडक कालोपत्रेका लागि ठेक्का गर्नुपर्ने हो। निर्माणको काम पूरा भएका सडकमा कालोपत्रे नभएका क्षेत्रको रकम घटाइएको संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख शाहले बताए। ‘वातावरणीय प्रभाव मुल्यांकन गरिएको छ।

मुल्यांकनमा रहेका सबै रुख नकाट्ने कुरा भएको छ,’ उनले भने, ‘सडकको बीचमा भएका रुख मात्र काट्ने छेउका रुख नकाट्ने कुरा भएको छ। तर स्वीकृती आएको छैन। रुख कटानीको आदेश आएपनि पुनःमर्मत र रुख कटानीको ठेक्का लगाउछौ।’ दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार