होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुरधाम । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् । महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको […]
काठमाडौं – सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ।सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो। लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ। यस […]
काठमाडौँ — देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ । त्यसो त दुई वर्षअघि दरबन्दी […]
बैतडी —यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन […]
३१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन । नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ […]
काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
काठमाडौं । दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।
धनगढी : दसैँको टीका लगाइसकेका सुदूरपश्चिमका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ। खेतमा धान पाकेका कारण पानी परे नोक्सानी हुने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको हो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान गरिएको छ। यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान कृषि विज्ञले गरेका हुन्। […]
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरूको कार्यविभाजन गरेको छ। पार्टीको असोज ५-७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो। जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ […]
काठमाडौँ: भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार (हिजो) अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत […]
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३–० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो। पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको छ। फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीकी १५ वर्षिया किसोरी पुजा कुमारी पाध्याय भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकि छन् । किसोरी पाध्याय दिल्लीको रतन पारखबाट असोज २४ गतेबाट बेपत्ता भएको बाजुराको बडीमालिका ९ घर भई हाल भारतमा बस्दै आएका गोरख विष्टले बताएका छन् । विष्टका अनुसार बेपत्ता भएकि किसोरीको बुवा धुर्वराजको स-परिवार […]
नागरिक रैबार/बाजुरा ३० असोज। नेकपा (एकीकृत समजवादी) बाजुराको ईन्चार्जको जिम्मेवारी हिक्मतजंग शाहीले पाएका छन् ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भएका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले बाजुराको इन्चार्जको जिम्मेवारी दिएको हो । पूर्व सांसद समेत रहेका शाही बाजुरामा कम्युनिष्ट पार्टीबाट विजयी हुने पहिलो सांसद हुन् । उनी तत्कालिन एमालेमै रहँदा पछिल्लो समयमा क्रियाशिल राजनीतिमा नरहेका […]
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना […]
धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा […]
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा […]
डडेलधुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेलधुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । बसपार्क नभएका कारण सदरमुकाम अव्यवस्थित मात्र भएको छैन, सर्वसाधारण र आउने जाने यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । पहाडी […]
काठमाडौँ: खोटाङमा ससुरालीबाट टीका लगाएर फर्किरहेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ। ससुराली खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङबाट फर्किरहेका चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसनर शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको हो।
वीरगन्ज : वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो। मृत्यु हुनेहरुमा कारका चालक भारत […]
काठमाडौँ- मुलुकभरको मौसममा बदलाव आएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो । सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।आगामी […]