होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका […]
काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । […]
वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका […]
धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेका महेन्द्रनगरबाट डडेल्धुरा गइरहेका विष्णु पनेरुले बताए। केहीबेरमै डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै नेकपा (एस)ले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना स्पष्ट पारेका छन् । असोज २८ गते जारी गरिएको […]
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब […]
काठमाडौँ — सरकारले यसपटकको दसैंमा पाँच लाख गरिब परिवारलाई राहत दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म राहत रकम वितरण भएको छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर निराश पारेको छ । सरकारी घोषणापछि राहतको रकमले दसैं मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराश बने । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको अध्यादेश बजेटमा […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल […]
काठमाडौं, ३१ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, […]
काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो । वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको शव स्वदेश ल्याई हिजो अन्त्येष्टि गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको […]
नवगठित नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानीमा) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल विदेश विभाग प्रमुखको जिम्मेवारीमा […]
धनगढी : सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आजदेखि नै खुले पनि सुदूरपश्चिममा भने भोलिदेखि मात्रै खुल्ने भएका हुन्। अन्य प्रदेशमा दसैं बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आज पनि बिदा दिएको थियो। सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म […]
काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’ नर्भिक […]
पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’ १६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो महिला हुन् […]
काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन् । रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ । त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ । साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि […]
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो । आन्तरिक मामिला […]
धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी […]
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ […]
तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको […]