होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते
समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

  • नागरिक रैबार
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ ।

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौं, धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै