होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० असोज, विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । विराटनगर महानगरपालिका–१५ स्थित […]
नागरिक रैबार/बाजुरा २० असोज । बाजुरामा यस वर्ष पनि ठुला- ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिने भएको छ । दसैंको अवसरमा राँगा जुधाएर दशैँको शुआरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो । बाजुरामा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । वल्लो […]
भैरहवा — कोरोना संक्रमणले पर्यटकको आगमन घटेर आम्दानीको स्रोत खुम्चिएपछि लुम्बिनी विकास कोषलाई कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । कोषले एक वर्षयता करार, सेवा करार, दैनिक ज्यालादारीका कर्मचारीलाई महिनामा १५ दिनमात्रै काममा लगाउने र त्यति बराबरकै मात्र तलब दिएर काम चलाउँदै आएको छ । कर्मचारीलाई तलब खुवाउन पैसा नभएपछि कोषले करिब ५ करोड रुपैयाँ आन्तरिक ऋण […]
बागलुङ–कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका पूर्णबहादुर चुँदार यतिबेला गिठेदारको ठेकी बनाउँदै गरेका हुन्थे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा पूर्णबहादुर अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकाको व्यवसाय गर्थे । तर, दुई वर्ष भयो । न उनीहरूले नयाँ ठेका बनाउन पाएका छन्, न त व्यापारका […]
दार्चुला: त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो। नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो। प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने […]
जातीय विभेदका घटनालाई पार्टीकरण गरेर पीडकलाई उन्मुक्ति दिलाउने परिपाटी मौलाउँदै गएको छ । यसको असर जाहेरी दर्तामा मात्रै नभई अनुसन्धानको प्रक्रियासम्मै पर्ने गरेको छ । झापा — रुकुम पश्चिमको चौरजहारीमा २०७७ जेठ १० मा नवराज विकसहित ६ युवकको हत्या भयो । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोटका नवराज र उनका साथीलाई गैरदलित केटी पक्षले कुटीकुटी भेरी नदीमा बगाइदिएका […]
कञ्चनपुर: भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी अनुमति दिएको हो। नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटीइभिटीमा निवेदन दिएका थिए। त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुने गरी […]
नागरिक रैबार/बाजुरा १९ असाेज। बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप भएको छ । नेपाली काँग्रेसकाे मतदान प्रकृया सम्पन्न पछि मतगणनाका लागि तयारी गर्ने क्रममा मतदान स्थलमा प्रहरी र काँग्रेस कार्यकर्ताविच झडप भएकाे हाे । काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर प्रहरी र काँग्रेस कार्यकर्ताविच दाेहाेराे झडप […]
नागरिक रैबार/ बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको हो । निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार १२ सय १२ मध्ये १२ सय ५ मत खसेको हो । मतदान सम्पन्न पछि मुचुल्का उठाएर लगत्तै मतगणना सुरु गर्ने […]
नागरिक रैबार/बाजुरा १९ असोज। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा संगठन कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले त्रिवेणी नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा संगठन कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टीले त्रिवेणी नगरपालिका ९ मा पहिलो […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार बाट निर्वाचन सूरु भएको छ । असोज १६ गतेबाट औपचारिक रुपमा सूरु भएको काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन सहमतिका साथ हुन नसकेपछि मंगलबारबाट निर्वाचन प्रक्रियामा गएको छ । जिल्लामा आजबाट सूरु भएको काँग्रेसको निर्वाचनमा तिनवटा समूहबीच चुनावी प्रतिष्पर्दा […]
सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ […]
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । उनले भने, […]
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट सूरु भएको निर्वाचनमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । काँग्रेसको साताैँ जिल्ला अधिवेशनमा मतदान गर्ने १२ सय ७ जना मध्ये ३ बजेसम्म ६ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका […]
नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ । कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि […]
नागरिक रैबार/बाजुरा १९ असोज। दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो । दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले आजबाट चामल […]
काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेको छ । दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरू वेल घेर्न पुगेका थिए । एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बिजनेस अगाडि बढाएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७ पेस गरेका थिए । […]
जुम्ला– नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । १८ असोजमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । दसैँ नजिकिएको र अधिवेशनका लागि आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत सहाना प्रधानको घरायसी कामले समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए । उनले भने, ‘आगामी ३ कात्तिकमा गर्ने गरी जिल्ला अधिवेशन […]
काठमाडौं : सोमबार राति फेसबुक डाउन हुँदा त्यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई भारी नोक्सान भएको छ। केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ। यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । सोमबार राति फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सेवा घण्टौंसम्म ठप्प […]