होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिका अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो। बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा एक/एक […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको […]
धनगढी : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज धनगढडीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भर्ने भएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने, ‘डोटीको मौसम राम्रो छैन। डोटीको उडानमा केही […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो […]
नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने […]
भारत सरकारले जयनगर–कुर्था सीमापार रेल खण्ड शुक्रबार हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।तर, रेल सञ्चालनका लागि रेलसमेत आयात भइसकेको भए पनि कानुन अभावका कारण रेल सञ्चालन हुने टुंगो छैन । संसदमा पेश भए पनि रेल अध्यादेश फिर्ता भएसँगै कानुन अभावमा […]
के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]
काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण […]
काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने सकुशल छन् । […]
मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका-१० डुवाना बस्ने अम्मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय प्रतिनिधि छनोट […]
काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् । भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई […]
धनगढी: ३ दिनको अविरल वर्षपछि सडक अवरुद्ध भएका पहाडी जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, डोटी, अछाम र बाजुरामा दैनिक उपभोग्य बस्तुको अभाव हुन लागेको स्थानीयले बताउन थालेका छन्। सडक अवरुद्ध भएपछि बझाङका स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थालेको जयपृथ्वी नगरपालिकाका स्थानीय जगत खड्काले बताए। बझाङ लगायतका जिल्लामा सडक अवरुद्ध भएपछि दैनिक […]
धनगढी : धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले […]
चितवन । दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो […]
काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताएका छन्। ‘संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’ १० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयन गर्न […]
धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बेपत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए भने शनिबारसम्म चार जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बाजुराका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रम अनुसार जिल्लाका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उहाँका अनुसार यहाँका सवै ६ देखि ५९ महिनासम्मका बालवालिकालाई जुकाको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ […]
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन […]