होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङ पहिरो : ५ दिनदेखि १९ जना बेपत्ता, ४ जनाको शव भेटियो
समाचार

बझाङ पहिरो : ५ दिनदेखि १९ जना बेपत्ता, ४ जनाको शव भेटियो

  • नागरिक रैबार
बझाङ पहिरो : ५ दिनदेखि १९ जना बेपत्ता, ४ जनाको शव भेटियो

धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बेपत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए भने शनिबारसम्म चार जनाको शव भेटिएको छ।

उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष पार्की, विकास सार्की र सीता सार्कीको शव फेला परेको छ भने शनिबार भेटिएको शवको पहिचान हुन बाँकी छ।

प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बेपत्ता १९ जनाको खोजी भइरहेको बताए। उनका अनुसार ३ गतेदेखि प्रहरी, सेना र सशस्त्र प्रहरी खोजतलासमा खटिएका छन्। पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएका थिए।

विज्ञापन

थलारामा पहिरो गएपछि करिब एक सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ। विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका एक सय ४८ परिवार अझै त्रासमा छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै