होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला: नेत्रविक्रम चन्द(विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले लेकम गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। मदिरा ओसारपसार गर्ने तथा बिरामीबाहेकका यात्रुहरुलाई बोक्ने लगायतका विभिन्न गुनासो आउन थालेपछि मंगलबार राति ऐरीछानाबाट एम्बुलेन्स नियन्त्रणमा लिइएको पार्टीका सचिव भरत मल्लले जानकारी दिए। बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उनले बताए। बिरामी बोक्नुपर्ने एम्बुलेन्सले अन्य सामग्री र यात्रुहरु बोक्न […]
धनगढी: कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका -३ धोबिनखोला पुल नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से४प ४०५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोकिएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकल चालक जानकी गाउँपालिका -९ का ३५ वर्षीय दीर्घ रावल र पछाडि सवार सोही ठाउँका ३७ वर्षीय अर्जुन रावल घाइते भएका प्रदेश ट्राफिक प्रहरी […]
धनगढी : कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा गरिएको छ। जिल्लाको अत्तरियास्थित पूर्वरोडमा रहेको प्रतिभा पुस्तकालयमा ढुङ्गामुढा गरिएको हो। प्रतिभा पुस्तकालयमा कैलाली क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका लागि भएको मतदानको गणना भइरहेको थियो। मतगणनाको विवाद भएपछि पुस्तकालयको झ्यालमा ढुङ्गा प्रहार गरिएको हो। ढुङ्गा प्रहारबाट झ्यालका सिसा फुटेका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका […]
बझाङ: गत कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन्। जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोड्ने झनाना पक्की पुल, मौरीबगरमा रहेको तारुगाड पक्की पुल, चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाड पक्की पुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णाधीन पक्की पुल जोखिममा परेका हुन्। झनाना […]
काठमाडौं, सुर्खेत, हुम्ला — चामल ढुवानीमा भएको कमिसनको खेलले हुम्लामा खाद्य संकट निम्तिएको छ । हवाईमार्गबाट हुम्लामा खाद्य ढुवानी गर्न गत साउन १५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । तर, झन्डै ४ करोड कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्ने कार्गो सर्भिसलाई ढुवानी स्वीकृत दिन खोज्दा हुम्लामा चामल ढुवानी […]
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका […]
धनगढी । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ । उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब उनी जिल्ला […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको प्राथमिकताहरु सार्वजनिक गरेका छन् । पौडेले मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । मन्त्रीले सार्वजनिक गरेको मन्त्रालयको प्राथमिकताको पहिलो बुँदामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन् । त्यस्तै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर […]
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको […]
काठमाडौँ- १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् । यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपियन युनियनको प्रतिनिधि टोलीले भेटवार्ता गरेको छ । ईयू अन्तर्गतको ईईएसको एसिया प्रसान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनीको टोलीले प्रधानमन्त्री देउवासँग मंगलबार बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपाल र ईयूबीचको आपसी समझदारी, व्यापार, हवाइ सुरक्षा, जलवायु परिवर्तनलगायतका विषयहरुमा छलफल भएको थियो ।
दार्चुला: दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली ३ दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ। बिहीबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरिसकेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए।अबको दुई दिन भित्रमै गणनाको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए । ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई […]
सुर्खेत । नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ । विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ । विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने […]
वीरेन्द्रनगर — ‘ए परदेशी पर्खी आऊ भो घर सुखदुःख यहीं गाउँमा बिताउँला परदेशमा नगए हुन्न र ?’ पानीपँधेरो र वनपाखा गर्दा जाजरकोटको कुशे गाउँपालिकाकी वसन्ती परियारले यस्तै गीत गुन्गुनाउँछिन् । परदेशिएर बेखबर बनेका श्रीमान् खगेन्द्रलाई पर्खिएको ८ वर्ष बित्यो । ‘जिउँदै छन् कि कस्तो छन् केही अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘कोही परदेशी फर्किएको खबर सुने उनी पो घर […]
अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड […]
सोलुखुम्बु । छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् । २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै […]
नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए । तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण […]