होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लवद्वारा गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा, किन ?
समाचार

विप्लवद्वारा गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा, किन ?

  • नागरिक रैबार
विप्लवद्वारा गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा, किन ?

दार्चुला: नेत्रविक्रम चन्द(विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले लेकम गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। मदिरा ओसारपसार गर्ने तथा बिरामीबाहेकका यात्रुहरुलाई बोक्ने लगायतका विभिन्न गुनासो आउन थालेपछि मंगलबार राति ऐरीछानाबाट एम्बुलेन्स नियन्त्रणमा लिइएको पार्टीका सचिव भरत मल्लले जानकारी दिए। बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उनले बताए। बिरामी बोक्नुपर्ने एम्बुलेन्सले अन्य सामग्री र यात्रुहरु बोक्न थालेपछि नियन्त्रणमा लिनुपरेको नेकपाका नेताहरुले बताएका छन्।

तर एम्बुलेन्स चालक धर्मानन्द पन्तले त्यस्तो नभएको दाबी गरेका छन्। धनगढीबाट आएका बिरामीलाई खरकडा पर्याउे बेला एम्बुलेन्स नियन्त्रणमा लिइएको उनले बताए। ‘बिरामीसँग एक जना अर्का महिला पनि हुनुहुन्थ्यो। उनीहरुको साथमा झोला पनि थियो। झोलामा के सामान रहेछ थाहा भएन तर मैले बिरामी बोक्नकै लागि एम्बुलेन्स लगेर गएको हुँ’ उनले भने। साथै उनले आफूले मदिरा ओसारपसा नगरेको पनि दाबी गरेका छन्।

सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको बताइएको छ। राति १० बजे नियन्त्रणमा लिएको एम्बुलेन्स फिर्ता गर्ने विषयमा कुरा भइरहेको लेकमका एक कर्मचारीले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार