होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १० मंसिर । जिल्लाको बडिमालिका –८ मा पर्ने बडिमालिका मन्दिर नजिकै नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बिहिवार राति जिल्ला प्रहरी कार्यालय बाजुरा वाट खटिएको टोलीले सोहि बेलुका १०ः३० बजे तिर जुवा खेलि रहेको अवस्थामा ३३ हजार ३ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले […]
नागरिक रैबार बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । प्रमुख पन्तका अनुशार […]
नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् । चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई […]
काठमाडौं । जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ । जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका […]
धनगढी : डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]
काठमाडौं । जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्दि्रय तथ्यांक विभागले जनाएको छ । यस्तो काम ४/५ दिनसम्म जारी रहने छ । सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ ।
काठमाडौँ — नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् । देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा […]
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् ।पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए […]
चितवन — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको […]
चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् । पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए । पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं गरेको महाधिवेशन […]
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् । उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ […]
चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । […]
नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले बताए । ‘राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो’, उनले भने, ‘बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा […]
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन […]
काठमाडौं ! नेकपा (एमाले) का नेता कर्ण बहादुर थापाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टिको पोलिटव्युरो सदस्य समेत भैसकेको र हाल केन्द्रिय सदस्य एवं सुदुपश्चिम प्रदेशको पार्टी अध्यक्ष भएको हिसाब अनि योगदानले पनि म सचिवको स्वभाविक उम्मेदवार हु-उहाँले भन्नुभयो। पार्टिमा सर्वसम्मतको अवस्था आए वा लोकतान्त्रिक पद्धति अनुरुप अघि बढेपनि म देशभरीका कार्यकर्ता माझ परिचित […]
धनगढी: दार्चुला दार्चुलाको छाङ्गरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ। जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको टोलीलाई बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले खलङ्गा ल्याएको हो। तीन दिनमा त्यहाँको गणना सकेर उनीहरु आज खलंगा पुगेका हुन्। तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरी खलङ्गा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने […]
बझाङ: जयपृथ्वी राजमार्ग बन्द भएको मौका छोपी महँगी बढाएका बझाङका व्यापारीले राजमार्ग खुले पनि मूल्य भने यथावत राखेका छन्। बझाङमा हाल इन्धन, खाना पकाउने एलपी ग्याँस, खाद्यान्नको मूल्य यथावत राखेका हुन्। असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बाढीले बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ नारुगौंडा र छबिसपाथिभेरा १ जालेबगरमा सडकखण्ड बगाउँदा यातायातका साधन चौडाममै […]
धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमले महिलाको […]
काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट […]