होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङ पुग्ने राजमार्ग खुल्यो तर महँगी यथावत
समाचार

बझाङ पुग्ने राजमार्ग खुल्यो तर महँगी यथावत

  • नागरिक रैबार
बझाङ पुग्ने राजमार्ग खुल्यो तर महँगी यथावत

बझाङ: जयपृथ्वी राजमार्ग बन्द भएको मौका छोपी महँगी बढाएका बझाङका व्यापारीले राजमार्ग खुले पनि मूल्य भने यथावत राखेका छन्। बझाङमा हाल इन्धन, खाना पकाउने एलपी ग्याँस, खाद्यान्नको मूल्य यथावत राखेका हुन्। असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बाढीले बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ नारुगौंडा र छबिसपाथिभेरा १ जालेबगरमा सडकखण्ड बगाउँदा यातायातका साधन चौडाममै रोकिने गरेका थिए। सडक सञ्चालनमा आएको दई हप्ता बित्दा पनि व्यापारीहरुले भने पुरानै मूल्य कायम राखेका छन्।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैँया तोकेको भए पनि बझाङमा २ हजार ५० रुपैयाँ लिने गरेका छन्। यस्तै पेट्रोल लिटरको १३६ रुपैयाँ तोकिएको भए पनि बझाङमा प्रतिलिटर १ सय ८० रुपैयाँमा बिक्रि भइरहेको छ। डिजेल मट्टितेलको पनि यही अनुपातमा मूल्य बढीरहेको छ।

यस्तै मसिनो चामलको मूल्य प्रतिबोरा पहिले एक हजार ७ सय थियो। अहिले एक हजार ९ सय पुगेको छ। मोटो चामलको मूल्य पहिले दुई हजार थियो। अहिले दुई हजार २ सयमा पाइने गरेको छ। खाने तेल, दाल, तरकारीको मूल्य पनि आकाशिएको छ। आफूहरुले सडक सूचारु हुनु अगावै सामान ल्याएकाले मूल्य महँगो भएको सदरमुकाम चैनपुरका व्यापारीको भनाई छ।

विज्ञापन

अनुगमन गर्ने निकायहरु जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, स्थानीय तहहरु भने यस विषयमा मौन रहेका छन्। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफूलाई कुनै गुनासो नआएकाले थाहा नभएको बताए।

मूल्य वृद्धि हुँदा सदरमुकाम चैनपुरमा कोठा भाडामा बसिरहेका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणहरु मारमा परेका छन्। सडककै निहुँ बनाएर मूल्यवृद्धि गरेका व्यापारीले सडक सञ्चालनमा आएको दुई साता बिते पनि मूल्य नघटाएर जनताको ढाड सेक्ने गरेका तल्कोट गाउँपालिकाका विद्यार्थी किसन विकले बताए। यस्तै जयपृथ्वी बहुमुखी क्याम्पसका शिक्षक लालबहादुर बोहराले सम्बन्धित निकायलाई मूल्य वृद्धिबारे थाहा भए पनि व्यापारीसँग साँठगाँठ रहेकाले मौन बसेको आरोप लगाए।

इन्धनको मूल्य वृद्धिका कारण यातायात व्यवसायीले पनि चर्को रुपमा भाडा असुल्न थालेका छन्। यसअघि सदरमुकाम चैनपुरबाट ११ किलोमिटरको दुरीमा रहेको तमैलको भाडा यसअघि एक सय रुपैँया कायम गरिएकोमा अहिले दुई सय रुपैँया लिने गरेका छन्।

यसैगरी भाँडेबजारको तीन सय, झनानाको चार सय, झोताको पाँच सय लिने गरेका छन्। सर्वसाधारणलाई चारैतिरबाट ढाड सेक्म्ने काम भइरहेको केदारस्युँ–४ का पूर्ण विष्टले बताए। उनका अनुसार सडक नै अवरुद्ध नभएको बाग्थला बजारमा पनि अहिले इन्धनको मूल्य चैनपुर जस्तै महँगीएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार