होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू
समाचार

एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू

  • नागरिक रैबार
एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।

चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै आफूले चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदन माथि अदालतले परमादेश दिँदै त्यसलाई खारेज गरेको बताए । उनले परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भने पनि त्यसलाई रोकिएको बताए ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै आगामी निर्वाचनहरूमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे । आफूलाई अप्ठेरो पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेर काम गर्न नदिएको साङ्केतिक टिप्पणी गरे । सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारको पालामा विकासको जग हालेको भन्दै आफ्नै सरकारको पालामा नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट पठाएको दाबी गरे । उनले भने ‘अब नेपालको उपस्थिति अन्तरिक्षमा हुन्छ, अन्तरिक्ष हाम्रो पनि हो ।’

विज्ञापन

त्यस्तै महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जेल जीवनको स्मरण गर्दै एमाले अध्यक्ष ओली र आफू जेलमेट रहेको बताए । उनले सबै राजनीतिक दलहरू मिलेर संविधान जारी गरेको भन्दै अब पनि सहकार्य गरेर अघि बढ्न सकिने र संविधानबाटै मुलुकको विकास र समृद्धि गर्न धारणा राखे ।

महाधिवेशन उद्घाटन सत्रको बीच समयमा मञ्च टेकेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले महाधिवेशनको सफलताको शुभकामना दिँदै मुलुकमा अहिले भइरहेको अराजकताको जिम्मा स्वयं राजनीतिक दलहरूले लिनु पर्ने बताए । ‘राजनीति गर्ने व्यक्तिहरू अहिले त्यसलाई पेसा बनाएका छन् । यो सुध्रिन जरुरी छ । राज्य र जनताको हितलाई दलहरूले प्राथमिकता दिनु जरुरी छ,’ उनले भने ।

महाधिवेशनमा शुभकामना दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुन नसकेको भन्दै गुनासो गरे । उनले राज्यका अङ्गहरू प्रभावकारी बनाउँदै जनताका काममा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । मधेस आन्दोलनका उपलब्धिहरू ओझेलमा पार्न खोजिएको उनको गुनासो छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै मधेसी जनताका माग प्रति वर्तमान सरकार पनि जिम्मेवार हुनुपर्ने बताए । उनले संविधान संशोधनका लागि सडकमा अझै २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए ।

अध्यक्ष ओलीको प्रशंसामा आफ्नो सम्बोधनलाई केन्द्रित गरेका राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन अझै पनि केपी ओलीको खाँचो रहेको धारणा राखे । उनले चुच्चे नक्सा, सिके राउत, विप्लव तथा नाकाबन्दीको प्रसङ्ग कोट्याउँदै केपी ओलीमा राष्ट्रवाद प्रति दृढ सङ्कल्प रहेको भन्दै प्रशंसा गरे ।

यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि राजनीतिक दलहरू बीच सहकार्यको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट आन्दोलन प्रति जनताको विश्वास कायम रहेको भन्दै कम्युनिष्ट पार्टीमा विभाजन र एकता स्वाभाविक प्रक्रिया भएको धारणा राखे । उनले एक्लो यात्राले मात्र समृद्ध नेपाल निर्माण असम्भव रहेको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार