होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी
समाचार

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

  • नागरिक रैबार
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ ।

बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमले महिलाको मृत्युपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै ट्रकमाथि आगजनी गरेको जानकारी दिए ।

विज्ञापन

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ भने राजमार्ग तनावग्रस्त बन्दा सवारीसाधनको आवागमन दिउँसोदेखि नै रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मृतकका आफन्तले राजमार्गमा प्रर्दशनसहित अवरोध सिर्जना गरेका छन्। अवरोध हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपनि स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरिएको जनाएको छ ।

तर मृतकका आफन्तले उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै अहिले पनि राजमार्ग क्षेत्रको अवरोध कायमै राखेका छन् । उनीहरुले लम्की बजार समेत बन्द गराएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार