होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलपछि केपी शर्मा ओलीले पनि उम्मेदवारी दिएका हुन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । सोमबार राति अबेर केपी […]
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी […]
नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटनामा परेका सहचालककाे मृत्यु भएकाे छ । जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन् । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप आईतबार विहान साढेपांचबजे दुर्घटना […]
१२ मंसिर २०७८ चितवन । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको […]
बाँके । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो । बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे […]
चितवन — राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरुको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् । हिजो शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी […]
मङ्सिर १२, महोत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटना भएकाे छ । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा परि बडिमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी गम्भीर […]
काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिकामा आइतबारदेखि चीनले दिएको राहतको खाद्यान्न ढुवानी हुने भएको छ । रक्षा मन्त्रालयले आइतबार हेलिकोप्टर पठाउने प्रतिबद्धता जनाएसँगै ढुवानी हुने सम्भावना बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सेनाको हेलिकोप्टर आइतबार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सीधै लिमीमा ढुवानी गर्छौं ।’ गाउँमा खाद्यान्न सकिएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीबाट झन्डै […]
काठमाडौँ — दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ […]
भारतीय बजार धार्चुला जान नेपालीले परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको छ । हरेक दिन मजदुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै […]
नेकपा एमालेको १० औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन् । चितवनको सौराहामा जारी महाधिवेशनमा बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन प्रक्रिया अघि बढेमा यी प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन […]
नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा तुवाँलो लागेको छ। शनिबार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी […]
धनगढी : सुदूरपश्चिममा राजनीतिक दल सम्बन्धी ऐनको धज्जी उडाउदै सरकारी शिक्षक र कर्मचारी सक्रिय राजनीतिमा होमिएका छन्। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सरकारी कोषबाट तलब भत्ता खाने कुनै पनि कर्मचारी दलिय राजनीतिमा सहभागी हुनु गैरकानूनी हो। तर कानूनविपरीत काम गर्न सरकारी वेतनधारी नै अग्रसर भएको देखिएका छन्। शिक्षक तथा कर्मचारीलाई राजनीतिमा लाग्न दलहरुले नै […]
नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका […]
काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले […]
नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न […]
नागरिक रैबार/बाजुरा १० मंसिर ।जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा एक बस चालकलाई प्रकाउ गरेकाे छ । विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले रिठा प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलीलाई अभद्र व्यवहार गरेकाे प्रहरीले बताएकाे छ । बस चेकजाँच गर्दा चालकले मदिरा सेवन […]
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्त कृष्ण मण्डलले बताए । […]