होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बंगलादेशको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव : हिमपातको सम्भावना
समाचार

बंगलादेशको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव : हिमपातको सम्भावना

  • नागरिक रैबार
बंगलादेशको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव :  हिमपातको सम्भावना

नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा तुवाँलो लागेको छ।

शनिबार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

विज्ञापन

यता प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार