होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्ला — कर्णाली प्रदेशको जुम्लामा यतिखेर बेग्लै चहलपहल छ । यहाँ देशका कुनाकाप्चाबाट तन्नेरी आउन थालेका छन्, डाक्टर बन्ने सपना बोकेर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने भएपछि विद्यार्थी यहाँ आएका हुन् । सुगम ठाउँमा जन्मे–हुर्केकाहरू दुर्गम जुम्लामा आउन परे पनि पढ्न पाउँदा खुसी छन् । तिनैमध्येका हुन्– जनकपुरका आनन्द उपाध्याय । उनी जुम्लामा पढ्ने पहिलो ब्याचका […]
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात गरेको छ । बिहीबारबाट ‘पे फाइन अन द स्पोर्ट-इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना […]
पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जlप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए […]
कञ्चनपुर — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा समेत देखिन थालेपछि नाकाको निगरानीमा कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार नाका प्रशासनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएको छ । खोप नलगाएकाहरूलाई नाकामै लगाउने व्यवस्थासमेत गरिएको छ । तर भारतीयको हकमा दुई डोज खोप लगाएको/नलगाएको मात्रै हेर्ने गरिएको छ । उनीहरूको परीक्षण रिपोर्ट आवश्यक पर्दैन । नेपालीको हकमा […]
धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा बीओपी छन् […]
एजेन्सी, २३ मङ्सिर। भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ। रावतको जन्म उत्तराखण्डमा भएको थियो। बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो। हेलिकोप्टर दुर्घटनाबारे […]
नागरिक रैबार बाजुरा २३ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ५ स्थित नन्दापाटाकाे एक घरमा आगलागी भएकाे छ ।नन्दपाटा निवासी बिर्ख सार्कीको घरमा आगलागी हुँदा लाखाैकाे सामाग्री जलेर नष्ट भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगलागीबाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको हाे । आगलागी पछि स्थानीयबासी […]
मङ्सिर: बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र […]
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। बिहीबार प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा […]
उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको […]
निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित […]
काठमाडौं । सरकारले ल्याएको सहुलियत पूर्ण कर्जा कार्यविधि अनुसार नेपाल राष्ट्र बैंकले ब्याज अनुदानमात्रै नौ अर्ब बढी दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न बैंकहरुबाट दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ विभिन्न शीर्षकमा सहुलियत कर्जा स्वीकृत भएको छ । लगानी भएको कर्जाहरूबाट असार मसान्तसम्म नौ अर्ब रुपैयाँभन्दा बढी […]
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार बाजुरा २२ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका […]
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । ‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका […]
एजेन्सी, २२ मंसिर । भारतमा सैनिक प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएपछि मृतकबारे चासो भएको छ । समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ । एएनआइले १४ जना हेलिकोप्टरमा सवार भएको उल्लेख गरेको छ । तर, ९ जनाको मात्र नाम खुलाइएको छ । मृत्यु हुनेबारे केही खुलाइएको छैन । तीन जनालाई जिवितै उद्धार गरी […]
धनगढीः भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ। तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा ४ जना अधिकारीको मृत्यु भएको छ। उनीहरुको नाम भने खुलाइएको छैन। सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन्। न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टरमा […]
राप्रपाको बुधबार बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा अनुपस्थित भएका हुन् । उनी बैठकमा अनुपस्थित रहेपनि उनका लागि कुर्सी छुट्याइएको थियो । थापा अनुपस्थित भएकै कारण नेताहरु बस्ने रोमा उनको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भएको छ । थापाका लागि अध्यक्ष राजेन्द्र […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित नेपालमै भेटिएपछि सरकारले जिन सिक्वेन्सिङलाई तीव्रता दिएको छ । नयाँ भेरियन्टको फैलावट र यसले पार्ने असर पत्ता लगाउन जिन सिक्वेन्सिङलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । जिन सिक्वेन्सिङबाट हाल सक्रिय रहेको भेरियन्ट कुन हो भनी पत्ता लाग्छ । त्यस्तै […]