होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो । ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु […]
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए । उनले […]
राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय […]
जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ। सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो। ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई उक्त […]
हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। बुधबार पनि पहाडी भेगमा आंशिक बदली रही […]
अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती […]
चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल […]
काठमाडौँ — मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । रातिसम्म लाइन बसेर सर्वसाधारणले फोटोसहितको विवरण टिपाइरहेका छन् । स्थानीय तहको पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा सोमबार राति साढे ७ बजेसम्म मतदाता फोटो खिचाइरहेका थिए । कार्यालय […]
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगो कसरी लाग्यो भन्ने खुलेको छैन। प्रहरीले आगो निभाउन सुरू गरिसकेको छ।आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट दमकल पुगिसकेका छन्। दिउँसो करिब साढे ३ बजे आगलागी भएको हो । आगलागीपछि माइतीघर-बानेश्वर चल्ने एकतर्फ सडक अवरुद्ध भएको छ ।
काठमाडौँ, ५ पुस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त […]
धनगढीः जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो। सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्। ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस […]
डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन। विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् । विद्युत नहुँदा यहाँका […]
हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ । पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई […]
काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) जुध्ने सम्भावना देखिएको छ । त्यसैले परीक्षा तालिकाबारे शिक्षक सेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको छ । शिक्षक सेवा आयोगले मावि तहको परीक्षा आगामी चैत १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा तालिका भने सार्वजनिक हुन बाँकी छ […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ । महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४ मत गणना हुँदा ८२५ मत ल्याएर डिला संग्रौला पहिलो स्थानमा छिन् । पुष्पा भुसाल ८०२ मतसहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता […]
सुदूरपश्चिम समग्र खेल क्षेत्र लगायत नयाँ खेलाडी उत्पादनमा उर्वर क्षेत्रका रुपमा चिनिएको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने प्रतियोगितामा पनि प्रदेशका अधिकांश खेलाडीले महत्त्वपूर्ण योगदान पुगाएका छन्। तर सुदूरपश्चिमको खेल क्षेत्रलाई राज्यले हेर्ने नजर भने परिवर्तन हुन सकेको छैन। प्रदेशमा एक पनि स्तरिय खेल मैदान नहुँदा खेलाडीले हैरानी खेप्नुपरेको छ। सरकारको समेत नजर परेको धनगढीको […]
मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक चोरी भएको छ । आइतबार जिल्लाको पुरानो सदमुकाम भीमफेदीमा कवि श्रेष्ठको शालिक (प्रतिमा) अनावरण गर्ने तयारी गरिएको थियो । तर शालिक शनिबार राति चोरी भएको इलाका प्रहरी कार्यालय भिमफेंदीले जनाएको छ । करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको पित्तलबाट निर्मित शालिक प्रहरी कार्यालय भीमफेंदीबाट २ सय मिटर […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहसचिवमा बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा योग्यताका आधारमा प्रजिअ अधिकारीलाई बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ । २०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी […]
हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ […]