होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फाप्लामा २ वर्षपछि फर्कियो क्रिकेट
समाचार

फाप्लामा २ वर्षपछि फर्कियो क्रिकेट

  • नागरिक रैबार
फाप्लामा २ वर्षपछि फर्कियो क्रिकेट

सुदूरपश्चिम समग्र खेल क्षेत्र लगायत नयाँ खेलाडी उत्पादनमा उर्वर क्षेत्रका रुपमा चिनिएको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने प्रतियोगितामा पनि प्रदेशका अधिकांश खेलाडीले महत्त्वपूर्ण योगदान पुगाएका छन्।

 

तर सुदूरपश्चिमको खेल क्षेत्रलाई राज्यले हेर्ने नजर भने परिवर्तन हुन सकेको छैन। प्रदेशमा एक पनि स्तरिय खेल मैदान नहुँदा खेलाडीले हैरानी खेप्नुपरेको छ। सरकारको समेत नजर परेको धनगढीको फाप्ला खेल मैदानलाई गुणस्तरिय बनाउन कसैको ध्यान जान नसकेको महिला क्रिकेट खेलाडी कविता जोशीले बताइन्। ‘आएको बजेट पनि कार्यान्वयन नभएको सुन्दा नराम्रो लाग्यो। अभ्यास गर्न पनि समस्या हुने गरेको छ’, उनले भनिन्।

विज्ञापन

 

सुदूरपश्चिममा विगत दुई वर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको थिएन। तर पछिल्लो पटक फाप्ला क्रिकेट मैदानमा राष्ट्रियस्तरको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आयोजना भएको छ। हाल सञ्चालन भइरहेको प्रतियोगिताले फाप्लामा क्रिकेट फर्किएको सन्देश पनि दिएको छ। यसै समयमा सुदूरपश्चिमलाई आवश्यक परेको स्तरिया खेल मैदान निर्माणको विषयले पनि चर्चा पाएको छ।

 

सुदूरपश्चिमको महिला क्रिकेट टोलीकी कप्तान रितु कनौजियाले पनि प्रदेशमा खेल मैदानको अभाव रहेको बताइन्। ‘यो मैदानलाई स्तरिय बनाउने भनेर मात्रै भएन। छिटो भन्दा छिटो काम सुरु हुनुपर्छ। सरकार गम्भीर हुनुपर्छ’, उनले भनिन्।

 

धनगढीको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन निजी क्षेत्रबाट भने पटकपटक प्रयास भइरहेको छ। तर स्थानीय, प्रदेश र संघीय सरकार भने यस विषयमा गम्भीर बन्न सकेका छैनन्। जग्गाको भोकाधिकारको विषय टुङ्गोमा नपुग्दा अन्य संरचना निर्माणको काम पनि ओझेलमा परेको छ। वर्षभरी नियमित रुपमा सञ्चालन हुन नसकेको उक्त मैदानलाई नियमित रुपमा प्रयोगमा ल्याउनका लागि सरकार नै आँखा चिम्लिरहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीले बताए।

‘यो मैदानमा नियमित रुपमा खेल्ने अवस्था हँुदैन। सरकारले ध्यान दिएको छैन। जग्गा भोकाधिकारको समस्या पनि समाधान हुन सकेको छैन। सरकारले के त आफूले जिम्मा लिनुपर्छ। नभए हाम्रो जिम्मा लगाएपछि हामी नियमित सञ्चालन गर्छौ’ उनले भने।

सुदूरपश्चिममा स्तरिय खेल मैदान अभावकै कारण खेलाडीले विभिन्न समस्या भोग्नु परेको छ। नियमित अभ्यासका लागि पनि हैरानी खेप्नुपरेको छ। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै