होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १८ दिनमा थपिए ४ लाख मतदाता
समाचार

१८ दिनमा थपिए ४ लाख मतदाता

  • नागरिक रैबार
१८ दिनमा थपिए ४ लाख मतदाता

काठमाडौँ — मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । रातिसम्म लाइन बसेर सर्वसाधारणले फोटोसहितको विवरण टिपाइरहेका छन् । स्थानीय तहको पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा सोमबार राति साढे ७ बजेसम्म मतदाता फोटो खिचाइरहेका थिए । कार्यालय समय ४ बजेसम्म भए पनि लाइन बसेका सबैको फोटो खिचेर नामावली दर्ता गर्दा साँझ अबेरसम्म लाग्ने कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । दैनिक ५ सयभन्दा बढी सर्वसाधारणले नाम टिपाइरहेका छन् । काठमाडौंमा सोमबार ३५ जना अपांगता भएका व्यक्ति पनि पुगेका थिए ।

अब हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि स्थानीय तहमै मतदाता नामावली संकलन सुरु भएको छ । आयोगका अनुसार ३ सय ४३ स्थानीय तहमा नामावली संकलन भइरहेको हो । यसबाहेक जिल्ला प्रशासन, इलाका र जिल्ला निर्वाचन कार्यालयमा पनि नामावली संकलन भइरहेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार सोमबारसम्म देशभर ४ लाख ३१ हजार ३ सय १४ मतदाता थपिएका छन् । आयोगबाट २०७७ चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीमा देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए । अभियानभर १० लाख मतदाता थपिने अनुमान छ ।

विज्ञापन

पछिल्लो १८ दिनमा सबैभन्दा बढी प्रदेश २ मा १ लाख १७ हजार १ सय १२ जना मतदाता थपिएका छन् । प्रदेश १ मा ६३ हजार २ सय ७५, वाग्मतीमा ६५ हजार १ सय ५७, गण्डकीमा ४३ हजार ७ सय २, लुम्बिनीमा ८५ हजार ९ सय ५४, कर्णालीमा २९ हजार २ सय २८ र सुदूरपश्चिममा २६ हजार ८ सय ८६ मतदाता थपिएको प्रवक्ता शर्माले जानकारी दिए ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनका दरले पहिलो चरणको कार्यक्रम सकिएको आयोगले जनाएको छ । दोस्रो चरणको कार्यक्रममा तराई र सहरी क्षेत्रका स्थानीय तहमा १५ दिनसम्म अर्थात् पुस १९ सम्म नामावली संकलन हुनेछ । गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था गर्न आयोगले सोमबार विज्ञप्ति जारी गरेर स्थानीय तह र मातहतको कार्यालयलाई आग्रह गरेको छ ।

मतदाता नामावली संकलन क्रममा केही जिल्लामा धरपकडसमेत भएपछि सुरक्षा व्यवस्था मिलाउन आयोगले सोमबार गृहमन्त्रीसँग छलफल गरेको छ । ४ लाख ३१ हजार ३ सय १४ नयाँ मतदातामध्ये सम्बन्धित जिल्लामै दर्ता गर्ने ४ लाख १८ हजार २ सय ७९ र बाह्य जिल्लाका १३ हजार ३५ छन् । आयोगका अनुसार काठमाडौं उपत्यकाबाहिर स्थायी बसोबास भएका तर काठमाडौंमा नामावली टिपाउने ५ हजार २ सय ८५ जना छन् ।

स्थायी बसोबास अन्यत्र भएका तर मतदाता नामावली टिपाउनेमा भक्तपुरमा १ हजार २ सय ५३, ललितपुरमा १ हजार २ सय ३२, कास्कीमा ८ सय ३३ र सुर्खेतमा ८ सय २४ जना छन् । स्थानीय बसोबास अन्यत्र भएको तर काठमाडौं उपत्यकामा बस्नेलाई सहज बनाउन निर्वाचन आयोगको कार्यालयमा पनि मतदाता नामावली संकलन गरिरहेको छ । आयोगमा गएर दैनिक दुई सयभन्दा बढीले नाम दर्ता गराइरहेका छन् ।

जिल्लाकै स्थानीयले मात्र नामावली दर्ता गराउनेमा रूपन्देही अगाडि छ । रूपन्देहीमा २० हजार ३७ जना नयाँ मतदाता थपिएका छन् । सप्तरी र धनुषामा १७/१७ हजार, महोत्तरी र बारामा १४/१४ हजार मतदाता थपिएका छन् ।

‘आफ्नै स्थानीय तहबाट नाम दर्ता गर्न सकिन्छ । स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि पनि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट विवरण टिपाउन सकिन्छ,’ शर्माले भने । नामावली संकलनका लागि देशभर २ हजार ३ सय कर्मचारी खटिएका छन् । २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली संकलन अभियान चलाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार