होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो । महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् । अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले अघि बढेको तीन […]
बाख्रा चराउन गएकी किशोरीलाई फकाएर जबरजस्ती गर्ने युवक पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका–५ बुदेवा टोल बस्ने २० वर्षीय मो।अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कंचनरुप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो । कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल […]
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बेठक सुरु भएको छ । अहिले दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नेकपा (एमाले)ले आफ्नो विरोध कायमै राखेको छ ।
वर्षायाममा विद्युत खेर जान थालेपछि खपत बढाउन विद्युत प्राधिकरणले यो वर्ष निकै दौडधुप गर्यो । विशेष गरी प्राधिकरणकै नेतृत्वले नै उद्योगहरुमा ‘घरदैलो’ गर्दै आवश्यक विद्युत् लिन आग्रह गरेको थियो, परिणाम स्वरुप नेपाल चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड पाएका छन् । प्राधिकरणका अनुसार सात वटा […]
गत शनिबार कैलालीमा मृत फेला परेका अर्जुन दासबारे जथाभाबी सामग्री सम्प्रेषण गर्ने युट्युब च्यालनलाई कैलाली प्रहरीले चेतावनी दिएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दास हत्याबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबलाई कारबाहीको चेतावनी दिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस विज्ञप्ति नै जारी गरेर भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालकले भ्रामक शिर्षक, फोटो र विषयवस्तु […]
दार्चुलाकी एक किशोरी नवलपरासीमा अचेत अवस्थामा भेटिएकी छिन्। जिल्लाको मालिकार्जुन गाउँपालिका घर बताउने कविता धामी मंगलबार नवलपरासी बर्दघाट नगरपालिका ४ फलफुलचोकमा अचेत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनलाई चिसापानी अस्पतालमा लगेर उपचार गराएपछि होसमा आएकी र उनले बुवाको नाम दिपक धामी र आमाको नाम पार्वती धामी बताएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कविता […]
चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन । निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक गैंडा मृत फेला परेको […]
सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित […]
काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ? हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री […]
बाजुरा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पुस ११ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको छ । पार्टीको जिल्ला अधिवेशनको पूर्व तयारीका लागि बैठक बस्न लागेको एमाले बाजुराले जनाएकाे छ। नेकपा एमालेले देशभरकै ७७ जिल्लामा पुस २३ गते एकै दिन जिल्ला अधिवेशन गर्न मिति तय गरेको छ । एकसाथ वडा र पालिका अधिवेशनको मिति तय […]
काठमाडौँः अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिकाको याङ्चु भन्ने ठाउँमा उनलाई भेटेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । सूचना अधिकारी […]
कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचन कपिलवस्तु ३ बाट अभिषेकप्रताप साह निर्वाचित हुँदा गुप्ता दोस्रो भएका थिए ।
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि […]
काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् । त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् । चौरासिया, चौधरी, राय […]
सिरहा औरही गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् । बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका […]
काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको बढ्दो संक्रमणका कारण घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ । विश्वभर तीव्र रूपमा ओमिक्रोनको संक्रमण बढेको भन्दै डब्लूएचओले जनस्वास्थ्यको रक्षा गर्न अनुरोध गरेको हो । ‘ज्यान नै गुमाउनुभन्दा कार्यक्रम स्थगित गर्नु वेश हुन्छ,’ कठोर निर्णय लिनैपर्ने बेला आएको भन्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम […]
काठमाडौं । हाम्रा बालबालिका कक्षाकोठामा कति घण्टा बिताउँछन् ? हालको तालिकाले बताउँछ, ८ घण्टा । बिहान आठ बजे विद्यार्थीको लागि खुलेका विद्यालयका ढोका साँझ ५ बजेपछि मात्रै बन्द हुन्छन् । खासगरी निजी विद्यालयहरुमा यस्तो परिपाटी देखिन्छ । जबकि शिक्षा प्रणालीको लागि आदर्श मानिएको फिनल्याण्डमा विद्यार्थीलाई जम्मा ५ घण्टा मात्रै कक्षाकोठामा राख्ने गरिन्छ । बिहान साढे […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन । पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य […]