होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जीवन नै खतरामा पार्नुभन्दा घुमघामका कार्यक्रम रद्द गर्नुहोस् : डब्लूएचओ
समाचार

जीवन नै खतरामा पार्नुभन्दा घुमघामका कार्यक्रम रद्द गर्नुहोस् : डब्लूएचओ

  • नागरिक रैबार
जीवन नै खतरामा पार्नुभन्दा घुमघामका कार्यक्रम रद्द गर्नुहोस् : डब्लूएचओ

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको बढ्दो संक्रमणका कारण घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ । विश्वभर तीव्र रूपमा ओमिक्रोनको संक्रमण बढेको भन्दै डब्लूएचओले जनस्वास्थ्यको रक्षा गर्न अनुरोध गरेको हो ।

‘ज्यान नै गुमाउनुभन्दा कार्यक्रम स्थगित गर्नु वेश हुन्छ,’ कठोर निर्णय लिनैपर्ने बेला आएको भन्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने । उनी भन्छन्, ‘अब कठोर निर्णय लिनुपर्ने छ । केही समारोह वा कार्यक्रम रद्द गर्नुहोस् वा सार्नुहोस् । अब डेल्टाभन्दा भेरिएन्टभन्दा ओमिक्रोन तीव्र रूपमा फैलिइरहेको भन्ने प्रमाण भेटिइसकेको छ ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा ओमिक्रोन भेरिएन्टको संक्रमण बढिरहेको बताइरहेका बेला महानिर्देशक टेड्रोसको भनाइ आएको हो ।

विज्ञापन

सबै जना महामारीबाट दिक्क भए पनि धीरता राख्नुको विकल्प नभएको उनको भनाइ छ । पछि पछुताउनुभन्दा अहिले नै उत्सव र घुमघामका कार्यक्रम स्थगित गर्नु उत्तम हुने उनले बताए । त्यस्तै महामारी अन्त्यका लागि खोपको समान वितरण अपरिहार्य रहेको पनि उनको भनाइ छ । सन् २०२२ को मध्यसम्ममा सबै देशका ७० प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसक्नुपर्ने उनले बताए ।

युरोपमा जर्मनी, फ्रान्सलगायतका मुलुकले कोभिड प्रतिबन्धलाई कडा बनाइरहेका छन् । इसाईहरूको मुख्य पर्व क्रिसमस नजिकै आइरहे पनि युरोपका विभिन्न मुलुकले कडा प्रतिबन्ध लागू गर्ने भएका छन् । नेदरल्यान्ड्सले त कडा लकडाउन नै घोषणा गरिसकेको छ ।

यसैबीच अमेरिकामा ओमिक्रोन कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ ।

अमेरिकामा पछिल्ला केही दिनमा संक्रमण बढिरहेको छ । नयाँ संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ ।

केही अनुसन्धान रिपोर्टले ओमिक्रोन अरु भेरिएन्टभन्दा सामान्य भएको उल्लेख गरेका छन् । तर अनुसन्धान जारी नै रहेकाले विज्ञहरूले खोप र बुस्टर सट लगाउन र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । अहिलेसम्म अमेरिकाका ४८ वटा राज्यमा ओमिक्रोन भेरिएन्ट फैलिइसकेको छ । त्यस्तै विश्वका करिब ९० देशमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई स्पेन, फिनल्यान्ड, चाड र लेबनानसहित ८ मुलुकको यात्रा नगर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार