होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ । अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु […]
धनगढी : नेकपा एकिकृत समाजवादी पार्टी नेपालको सुदूरपश्चिम ईन्चार्जमा दिपक बहादूर सिहं चयन भएका छन् । आज बसेको युवा संघ नेपाल केन्द्रिय कार्यालयको बैठकले सिहंलाई सुदूरपश्चिम ईन्चार्जमा चयन गरेको हो । प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका सिहं युवा संघ नेपालको प्रदेश ईन्चार्जमा चयन भएका हुन् । प्रदेशको ईन्चार्ज बनेसंगै सिहंले युवाहरुलाई पार्टीमा […]
काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए । घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय […]
नागरिक रैबार बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ । पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्। पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको […]
सुर्खेत — कर्णाली प्रदेशमा २७.५५ प्रतिशत जमिन अझै बाँझो रहेको पाइएको छ । बर्सेनि खाद्यान्न अभाव झेल्दै आएको प्रदेशमा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्नको अभाव हुन्छ । कृषि विकास निर्देशनालयका अनुसार १० जिल्लामा २९.५ प्रतिशत नागरिकले मात्र पूर्ण रूपमा खाद्यान्न उपयोग गर्न पाएका छन् । आफूले लगाएको खेतीले ३ महिना मात्र खान पुग्ने भएपछि […]
काठमाडौँ — विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रिया थालेको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै तीनवटा ऐन ल्याउने मन्त्रालयको तयारी छ । तीमध्ये विद्यालय र प्राविधिक शिक्षा ऐनको मस्यौदा लेखनको काम अन्तिम चरणमा पुगेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए । उनका अनुसार पहिलो चरणमा विद्यालय शिक्षालक्षित संघीय शिक्षा ऐन र प्राविधिक तथा […]
पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । मंगलबार र […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर)ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने […]
काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमी वायुको प्रभाव […]
काठमाडौं, पुस ११ । नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो । एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ […]
जेष्ठ नागरिक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । […]
धनगढीः पछिल्लो एक वर्षमा विद्युत चुहावट करिब ३ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको छ। विद्युत् प्राधिकरणका सातैवटा प्रादेशिक तथा डिभिजन कार्यालयले चुहावट घटाएको देखिएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशले गत वर्षको चुहावटको हिसाबले आधा घटाएको देखिएको छ। चुहावट धेरै घटाउनेमा प्रदेश १ […]
डोटीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो। अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे । सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना […]
काठमाडौँ — आठौं महाधिवेशन गरिरहेको माओवादी सशस्त्र विद्रोह छोडेर शान्ति प्रक्रियामा सामेल भएको १५ वर्ष पुगेको छ । यो १५ वर्षमा माओवादी कहिले आफ्नै नेतृत्वमा त कहिले गठबन्धनका रूपमा झन्डै ११ वर्ष सरकारमा रहेको छ । राष्ट्रियता, राज्य व्यवस्थाको परिवर्तन, जनजीविका लगायतका मुद्दा उठाएर तत्कालीन शेरबहादुर देउवाको सरकारलाई २०५२ साल माघ २२ गते संयुक्त जनमोर्चाका […]