होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’
समाचार

१० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’

  • नागरिक रैबार
१० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे ।

सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना भाइरसको महामारीको दोस्रो लहरको समयमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका बेला बनाएका थिए । करिब डेढ लाख रुपैयाँ खर्चमा बनाएको उक्त कार बनाउन चार महिना लागेको ऋषिकेश थापा बताउँछन् ।

‘खाली समयको सदुपयोग गरौं भन्ने उद्देश्यअनुसार हामी कार निर्माणमा जुट्यौं,’ थापाले भने, ‘घर परिवार र विद्यालयको सहयोगले सफल भएका छौं ।’

विज्ञापन

उक्त कारको लोड क्षमता सात क्वीन्टल रहेको छ । त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार