होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लामा धुम्रपान निषेध गर्ने घोषणा
समाचार

जुम्लामा धुम्रपान निषेध गर्ने घोषणा

  • नागरिक रैबार
जुम्लामा धुम्रपान निषेध गर्ने घोषणा

जेष्ठ नागरिक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यही क्रममा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेध क्षेत्र घोषणा गरेका हुन् । कतिपयले साथीभाइको करले, केहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र केहीले हर्षबढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका कारण धेरैको स्वास्थ्यमा समस्या भएकोले जेष्ठ नागरिकहरूले आफ्नो क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र घोषणा गरेको तुलाराम न्यौपानेले बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य भनेको जेष्ठ नागरिक सबैको घरघरमा धुम्रपान निषेध होस् भन्ने हो । तर, धेरै जेष्ठ नागरिक आफै धुम्रपान गर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको हो ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार