होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ । जसअनुसार पुरुषको […]
धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएकाे मतदान सकिएकाे छ । धनगढीस्थित प्रदेशसभाकाे परिसरमा बिहान ९ बजेदेखि शुरू भएकाे मतदान सकिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेकाे जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको […]
मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो । सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । […]
धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सातवटै प्रदेशहरूमा मतदान जारी छ । सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान […]
काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि […]
काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका […]
नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ। वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु […]
बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना […]
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारणकाे लाईनसंग जाेडिएकाे छ । सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाईन जाेडिएकाे हाे । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गरेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडीमा आज साँझबाट संचालन हुने गरि राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा पुगेकाे छ । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गर्नका लागि तयारी अन्तिम चरणमा पुगेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर आजबाट पहिलाेपटक […]
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण […]
धनगढीः संघीय सरकार,शिक्षा मन्त्रालयको निर्णय रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसी उर्फ ‘सनकबहादुर’ले अटेर गरेर विद्यालय सञ्चालन गर्दै आएका छन्। गत पुस २६ गते शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्देशन दिए पनि ‘सनकबहादुर’ को अटेरीले विद्यालय सञ्चालन हुँदा तीन जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ। शुक्रबार भगवती आधारभूत विद्यालय गंगादेव गाउँपालिका–३, कुकुरगारेमा गरिएको […]
हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गएको […]
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो । काठमाडौंको […]
नागरिक रैबार बाजुरा ८ माघ । अनेरास्ववियुकाे केन्द्रीय सचिवालय सदस्य विद्यार्थी नेता जंग विकले आफ्नाे जन्म दिनकाे अवसर पारेर बडीमालिका ८ मा रहेकाे द्वारीका प्राविका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेका छन् । आज माघ ८ गते परेकाे आफ्नाे ३२ अाै जन्म दिनकाे अवसरमा विकले द्वारीका प्रावि बाउलीमा पुगेर विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री […]
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध […]