होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जडान नहुँदै भत्कियो बेलिब्रिज
समाचार

जडान नहुँदै भत्कियो बेलिब्रिज

  • नागरिक रैबार
जडान नहुँदै भत्कियो बेलिब्रिज

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै पछि धकेलिएको छ ।
बेलिब्रिज भत्किँदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । बेलिब्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाई छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाइएको छ । पुलको बीचको भाग बाङ्गिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

विज्ञापन

नगरपालिका लाई हस्तान्तरण गर्ने अवस्थामा रहेको पुल एक्कासी भत्किँदा हस्तान्तरण गर्न ढिलाई हुने उनले बताए । ५ करोड २० लाख ५५ हजार ९०२ रुपैयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर छ ।

ग्रामिण पहुच कार्यक्रम (र्र्याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्ला जिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुदा यो सडक संचालनमा समस्या हुँदै आएको थियो ।

मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण भएमा केही बस्तीका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ,अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका स्थानीय सम्म समयमै सडक पुग्ने अवस्था थियो, तर जडान कार्यमै पुल भत्किँदा अलि लामो समय लाग्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार