होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]
नागरिक रैबार बाजुरा २२ माघ प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे । बडीमालिका […]
नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको […]
नागरिक रैबार बाजुरा २१ माघ । बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात भएकाे छ । बिहीबार साँझदेखि सदरमुकामै हिउँ पर्न सुरु भएको थियाे। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन। तर, यस वर्ष भने पाैष महिनाकाे दाेस्राे र माघ महिनाको तेस्रो साता सदरमुकाममा हिमपात भएको हो। सदरमुकाम लगायत जिल्लाका हिमाली भेगका बस्तिहरूमा हिमपात भएसंगै […]
धनगढीः प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा १० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी ७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका ३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। हिमालय एयरलाइन्स र एयर अरेबियाको […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् । उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको […]
हुम्ला — हुम्लामा माटोमा पुरिएर बुधबार एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ को प्युस गाउँकी महिलाको माटोमा पुरिएर मृत्यु भएको हो । घर लिपपोतका लागि माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर खार्पुनाथ–१ प्युस गाउँकी ४० वर्षीया देवकी शाहीको मृत्यु भएको स्थानीय जयबहादुर शाहीले बताए । बुधबार […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
बागलुङ । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, […]
२० माघ, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ […]
२० माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई […]
चितवन – जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका […]
धनगढी: पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ। आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र काग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ। आज राति पनि देशका धेरै ठाउँमा […]
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध […]
धनगढी : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताए। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]
एकातिर शारिरीक अपाङ्गता अर्कोतिर कोरोना महामारी फैलिएपछि छोराहरुलाई संक्रमण हुन्छ की भन्ने भय जयन्तीको मनमा गढेको छ ।परिवारका अन्य सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसके पनि दुई छोराहरुलाई खोप केन्द्रसम्म लैजान नसक्दा उनीहरुले खोप लगाउन पाएका थिएनन् । तर मंगलबार भने घरमै पुगेको सरकारी अधिकारीसहितको टोलीले जेठा छोरा पंकजलाई खोप लगाइदिएको छ । कान्छा छोरोको उमेर […]
दाङः बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। दाङ शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो। बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका […]
बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । […]
काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का बिभिन्न कारणले बेला-बेला चर्चामा आउने गरेकी छिन्। हालै दक्षिण भारतीय चलचित्रमा समेत देखिएकी अभिनेत्रीको चर्चा यतिबेला नेपाली सिने जगतमा भइरहेको छ। सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीले आज केहि तस्विर सार्वजनिक गरेकी छिन्। जसले सबैको ध्यान तानेको छ। तस्बिरमा उनी पारदर्शी पोशाकमा देखिएकी छिन्। केहि प्रशंसकहरुले उनको प्रशंसा गरिरहेका छन् […]
गलेश्वर । म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । सङ्घीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने […]