होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामपछि दैलेखमा बयान फेर्ने महिलालाई ३ महिना जेल, पाँच हजार जरिमाना
समाचार

अछामपछि दैलेखमा बयान फेर्ने महिलालाई ३ महिना जेल, पाँच हजार जरिमाना

  • नागरिक रैबार
अछामपछि दैलेखमा बयान फेर्ने महिलालाई ३ महिना जेल, पाँच हजार जरिमाना

धनगढीः अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिमाना गरेको छ। प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेकी थिइन। उनले गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेकाले उल्टै उनलाई सजाय भएको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्तो सजाय सुनाएको थियो । राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ। बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र चन्दलाई अदालतले सफाई दिएपछि कारागारबाट मुक्त भएका छन्।

प्रहरीमा आफैले दिएको उजुरी विपरीत अदालतमा बयान बदल्ने घटना बढ्दै गएका छन्। केहिदिन अघि अछाममा पनि यस्तै भएको थियो। अदालतमा बयान फेर्ने त्यहाकी एक युवतीलाई साढे तीन वर्षको कैद फैसला सुनाइएको थियो।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार