होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे […]
धनगढी: शनिबार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो। शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी […]
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो। एमालेबाट अलग हुनु अघि नै […]
धनगढी : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ। काँग्रेस कैलालीका अनुसार २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो। सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा […]
वाराणसी : भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन्। उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना […]
काठमाडौं, १९ चैत्र । नेपालको राजनीतिलाई नयाँ मोड दिने एउटा घटना हो महाकाली सन्धी । सन् १९९६ मा हस्ताक्षर भएको यही सन्धीसँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । यो सन्धी सदनको दुई तिहाईले पारित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार अगाडि बढ्दा तत्कालीन नेकपा एमाले विभाजन भएको थियो […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै […]
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् । ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’ प्रधानमन्त्री देउवाले भने […]
शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो […]
काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । भेटवार्तापछि प्रधानमन्त्री देउवा र मोदीले आजै जनकपुर–जयनगर रेल र नेपालमा भूकम्पपछि भारतीय सहयोगमा निर्माण भएका १३० स्वास्थ्यचौकीको […]
कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए । उनको वास्तविक तौल […]
चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री […]
धनगढी : अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको बताइएको छ। घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए। त्यस्तै, जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउकी १४ वर्षीया चन्द्रा जैशी पनि गम्भीर […]
दोहा — चार पटकको विजेता जर्मनी र सन् २०१० को विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन् । समूह ‘ई’ मा अर्को टोली जापान छ भने एक टोलीको निर्क्योल हुन बाँकी छ । शुक्रबार २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको थियो । जर्मनी, स्पेन र जापान समावेश […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा […]
जनकपुर — जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ । भारतको ठूलो […]
कास्की — प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले […]
काठमाडौँ — सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । पुस २१ मा […]