होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पूर्वी नवलपरासी — किशोरी बलात्कारको अभियोगमा यहाँको जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता पल शाहको बयान सकिएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको हो । जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहविरुद्ध एक किशोरीले अघिल्लो महिना बलात्कार अरोपमा दर्ता गराएको मुद्दामा जिल्ला अदालतमा बयान लिइएको […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार भइरहेको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा ार्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। गैर सरकारी संस्था महासंघ बाजुरा शाखाकाे अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।महासंघकाे ९ औ अधिवेशनबाट गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक समेत रहेका अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा माेहनराज जैशी, सचिवमा धर्म राेकाया, सहसचिवमा धनकृष्ण विक र काेषाध्यक्षमा शुसिला थापा, सदस्यहरू जानकी खत्री, दिनेश बाेहरा लगायत १० सदस्यीय […]
विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरेको छ । निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको प्रजिअ […]
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा […]
काठमाडौं । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ । फिल्मलाई वैशाख २३ गते रिलिज गर्ने तयारी छ । यो कमेडी ड्रामा फिल्म कोरोना महामारीपछि बल्ल प्रदर्शन हुन […]
काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको […]
कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो । त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको बताए । ‘सिफारिसलगायतका सबै […]
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दलका नेताहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध पनि जनाएका थिए । छलफलका लागि पुनः बोलाउने प्रतिबद्धता जनाएपछि हस्ताक्षर […]
अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक÷एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।पार्टीमको भातृ संगठन राष्ट्रिय युवा संघले चलचित्र विकास बोर्डमा आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा ओलीले नेपाली फिल्मका अभिनेत्री संसारकै ‘ब्युटीफुल’ र अभिनेता ‘ह्यान्डसम’ भएको बताए । ‘नेपाली हिरोइन जति राम्रो हिरोइन दुनियाँमा कहीं हुन्छ ? नेपाली हिरोइन जति राम्री […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ । त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार […]
काठमाडौं । इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ । बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम […]
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य […]
धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले […]
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो। बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी […]
२२ चैत, दाङ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको […]
काठमाडौँ — कांग्रेसले पार्टीको सातवटै तहमा स्थानीय तह निर्वाचनका लागि परिचालन र प्रचारप्रसार समिति गठन गर्ने भएको छ । केन्द्रीय स्तरमा गठन भएका परिचालन र प्रचारप्रसार समितिले मातहत निकायलाई समिति गठन गर्न निर्देशन दिएका हुन् । केन्द्रीयस्तरमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा प्रचारप्रसार […]