होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान […]
वीरगञ्ज (पर्सा) । अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको बताएका छन् । वीरगञ्जस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमको उद्घाटन गर्दै अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवा पिँडीको प्रयोगसमेत भइरहेको बताए । यसका साथै उनले आफ्नो […]
देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ,संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो । तालिम धेरैजसो ठाउँमा नि: शुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ […]
काठमाडौं, चैत १३ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र […]
काठमाडौँ — चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो । गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । साथै नेकपा […]
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजाे उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताउनुभएकाे हाे । ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र […]
जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको डिटिजल मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ बेब पोर्टल सुरु गरेको छ।पोर्टलको आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। पोर्टलको एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले सञ्चालन गर्ने छ। पोर्टलमा एकीकृत समाजवादीका गतिविधिलाई समेटिने छ ।
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। प्रदेशमै सबैभन्दा बढी जनसंख्या रहेको सहर पनि धनगढी। तर धनगढीका सबै स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा नागरिकलाई शौच गर्न समस्या हुँदै आएको छ। किनमेल तथा काम विशेषले बजार आएका नागरिकलाई झनै समस्या हुँदै आएको हो। ‘दिनभर बजारमा काम भए पनि पिसाब रोकेर फेरि घरमै जानुपर्छ। […]
काठमाडौँ — शुक्रबार राति ९ बजेतिरको कुरा हो । कपन आकाशेधारास्थित एकतले टिनको टहराभित्र आगो दन्कियो । नजिकै बस्ने प्रहरी सहायक निरीक्षक संयोग राई दर्गुर्दै टहरामा पुगे । ढोका फोरेर भित्र पस्दा त्यहाँ डेरा गरी बस्ने ३० वर्षीया अस्मिता चौधरी आगोको लप्कामा जलिरहेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरेर साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्यायो । अस्मितालाई उनकै श्रीमान् ४२ […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो । भेट नक्सालस्थित होटल मेरियटमा भएको हो । चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचके भेट चलिरहेको थियो […]
मलङ्गवा : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख बराबरको क्षति भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए। सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर […]
रामपुर (पाल्पा) । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना […]
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका थिए ।वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण उनकै निवास खुमलटार पुगेका थिए । भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी बैशाख ३० गते निर्धारित […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन […]
धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो। आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। […]
काठमाडौँ — सेवाग्राहीहरूले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सजिलै पाउन नसकेको धेरै भयो । महिना, वर्ष मात्र होइन, वर्षौं बितिसक्यो । ट्रायल दिएर पास भई राजस्व बुझाएको चिट थोत्रिइसक्दा पनि सेवाग्राहीले लाइसेन्स हात पार्न नसकेका उदाहरण जहाँतहीँ छन् । तर यति हुँदाहुँदै पनि यातायात व्यवस्था विभागले समय समयमा सेवाग्राहीलाई छिट्टै लाइसेन्स दिन्छौं भनेर घोषणा गर्न छाड्दैन । विभिन्न मिति […]
काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो […]