होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कलाकारको प्रशंसा गर्दै ओलीले भने- नेपाली हिरोइन संसारकै ‘ब्युटीफुल’
समाचार

कलाकारको प्रशंसा गर्दै ओलीले भने- नेपाली हिरोइन संसारकै ‘ब्युटीफुल’

  • नागरिक रैबार
कलाकारको प्रशंसा गर्दै ओलीले भने- नेपाली हिरोइन संसारकै ‘ब्युटीफुल’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।पार्टीमको भातृ संगठन राष्ट्रिय युवा संघले चलचित्र विकास बोर्डमा आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा ओलीले नेपाली फिल्मका अभिनेत्री संसारकै ‘ब्युटीफुल’ र अभिनेता ‘ह्यान्डसम’ भएको बताए ।

‘नेपाली हिरोइन जति राम्रो हिरोइन दुनियाँमा कहीं हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन सम्भव नै छैन । नेपाली हिरोजस्तो ह्यान्डसम दुनियाँमा कहीं खोजेर भेटिएला ? भेटिदैंन,’ ओलीले भने । नेपाली कलाकारलाई नेपाली आँखाबाट हेर्नुपर्ने ओलीको भनाइ छ ।

नेपालमा कलाको प्रचुर सम्भावना रहेको भन्दै ओलीले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने जिकिर पनि गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशंसामा समेत ओली खनिए । उनले देवकोटालाई नोबेल पुरस्कार दिइनुपर्ने समेत बताए ।

विज्ञापन

‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबेल पुरस्कार ? हामीले एप्लाइ नगरेको हुनसक्छ । महत्व नबुझेको पनि हुनसक्छ । आफैंलाई नपत्याएको पनि हुनसक्छ,’ ओलीले भने ।

कार्यक्रममा ३० वर्षभन्दा लामो समयदेखि नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा चुनावलाई केन्द्रित गर्दै टिकटक प्रतिस्पर्धाको समेत आयोजना गरिएको छ ।

ओलीले कलाकारहरु बसुन्धरा भुसाल, शिव श्रेष्ठ, रविन्द्र खड्का लगायतलाई सम्मान प्रदान गरे । यसै महिना एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर समेत उपस्थित थिइन् । एमाले निकट जनपक्षीय सांस्कृतिक संघका संयोजनक दिनेश डीसीले पार्टी प्रवेश नभएर कलाकारलाई सम्मान गरिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार