होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो । आचारसंहिताको यो व्यवस्थाबमोजिम आसन्न निर्वाचनमा कांग्रेस सभापतिसमेत […]
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा […]
झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा […]
धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको थियो । पाख्रिन […]
चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो । भवनको […]
कर्णाली : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन्। सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए। अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको […]
धनगढी: डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सोहीकारण निर्वाचनका बेला त्यहाँ सबैको नजर जान्छ। गत स्थानीय तहको निर्वाचनमा ७ पालिकामध्ये ४ ओटामा कांग्रेस, २ ओटामा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो। तर यसपालि दृश्य फरक हुनेछ। त्यसैमाथि केन्द्रीय नेतृत्वमा हालको पाँच दलीय सत्ता गठबन्धनअनुसार नै […]
धादिङ : खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ। नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाए। पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ। घाइते तामाङको सत्यदेवी […]
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरी) नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेकपा माओवादी केन्द्रमा फर्किए । सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका उनी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् । डल्लाकोटी बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही […]
नागरिक रैबार/बाजुरा २३ चैत्र ।नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा […]
काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]
नागरिक रैबार/बाजुरा २३ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र वडाका उम्मेदवारहरुको टंगो लगाउने भएको छ । मंगलबार एमालेको पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकले ३ दिनभित्र वडाका उम्मेदवारहरुको छनोट गर्ने बताएको छ । पार्टीले वडा तहमा उम्मेदवार सिफारिस गर्दा कम्तीमा तीन जनाको नाम पठाउन […]
काठमाडौं । देशभर रहेका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि केही मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा रहेको जनाएको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्ला […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार साँझ म्यादी प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रहरीका अनुसार म्यादी प्रहरीमा ५२५ पूरुष र १२५ महिला छनोट गरिएका छन् । ६ सय […]
काठमाडौं । सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र […]
निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको […]
काठमाडौँ — यस वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि पर्यटन विभागले सोमबारसम्म नेपालीसहित ३ सय ४२ जनालाई आरोहण अनुमति दिएको छ ।पर्यटन विभागको पर्वतारोहण महाशाखा प्रमुख सूर्य प्रसाद उपाध्यायका अनुसार हिमाल सफाइ गर्ने चार वटासहित १३ वटा आरोहण दलमा ३ सय ४२ जनालाई हिमाल आरोहण गर्ने अनुमति दिइएको छ । यसमा महिला ८१ र पुरुष २ […]
मकवानपुर — मकवानपुरको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ । विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक […]
नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटी सचिव दिपक कुमार शाहीले पार्टी नीति विपरित क्रियाकलाप गरेको भन्दै सो पार्टीका नेता कार्यकर्ताले माग गरेका छन् । उनीहरुले शाहीमाथि २४ घण्टाभित्र कारवाहीको माग गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।उनीहरुले आफ्ना माग सम्बोधन नभए पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिने चेतावनी दिएका छन् । यसरी चेतावनी दिनेमा प्रदेश […]