होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
समाचार

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

  • नागरिक रैबार
झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो ।

विज्ञापन

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलावारी झापाको नियन्त्रणमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै