होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २४ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले नियुक्तिको निर्णय लिनेछ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले छानेका नामहरुमा संगीता […]
काठमाडौं, चैत २४ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ । निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ […]
काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को […]
युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसंगै ३-१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै […]
काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम पुग्ने छैन । साथै कुनै पनि अमेरिकीले यी […]
धनकुटा — जनप्रतिनिधि, बर्दीर्धारी प्रहरी अधिकृत र समाजका अगुवा खादा–ब्याच लगाएर बसेका छन् । कार्यक्रमको नाम– ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ । कानुनी रूपमा प्रतिबन्धित गाँजाको पक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथिले गाँजाकै बिरुवामा पानी हाली उद्घाटन गर्दा उपस्थित सबैले ताली बजाएर खुसियाली मनाए । प्रतिबन्धित लागूऔषध गाँजा लगाउनुपर्छ भन्दै गरिएको यो ‘दुर्लभ कार्यक्रम’ कुनै बन्द कोठामा थिएन । […]
राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् ।अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।
डडेल्धुराः डडेल्धुरामा जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०७९ को अवसर तथा धार्मिक शक्तिपीठ घटाल धानमा लाग्ने बिसु जात (मेला)को अवसरमा फुटबल प्रतियोगिता हुने भएको हो। घटाल स्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिता चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मनिष भण्डारीले बताए। उनका अनुसार सम्पूर्ण […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरेका छन् । सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बर्बादीतिर धकेलिने उनले बताए । यस्तै उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए । नेता ओलीले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ […]
पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री […]
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार विजयको आगामी फिल्म ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ । कुवेत सरकारले यो फिल्म मुलुकको हितविरुद्ध भएको समेत उल्लेख गरेको छ । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले जनाएको छ । […]
छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो, उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए । यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन् । हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ । भारतमा कन्याको भ्रूण […]
भैरहवा — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ । पार्टीको कार्यक्रमका लागि ठाकुरसहित अन्य नेताको टिम मंगलबारदेखि भैरहवामा थियो । मंगलबार विमानबाट भैरहवा आएका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए । बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या […]
नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ। टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार […]
काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ ।उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ बाहिर […]
उदयपुर, २३ चैत : टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । शब फेला परेकाे २४ घन्टा […]
भक्तपुर, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए । सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा ओलीलाई उनकै तस्विर मायाको चिनो प्रदान गरिएको थियो । आफ्नो तस्विर उपहारको रुपमा पाउँदा […]
काठमाडौँ — अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए । काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई […]
काठमाडौँ — विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, […]