होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भुवन केसी काठमाडौंको मेयरमा उठ्ने
समाचार

भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

  • नागरिक रैबार
भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

काठमाडौँ — अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको अध्यक्ष नेपालले बताए । केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । नेकपा एमालेनिकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला चलेको थियो ।

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने भएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा हुर्के बढेकी लामा स्नातक उत्तीर्ण र वैदेशिक रोजगारीबाट फर्किएको अध्यक्ष नेपालले जनाएका छन् ।

विज्ञापन

आउँदो वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार