होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, उपचारका लागि काठमाडौं लगियो
समाचार

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, उपचारका लागि काठमाडौं लगियो

  • नागरिक रैबार
लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, उपचारका लागि काठमाडौं लगियो

भैरहवा — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

पार्टीको कार्यक्रमका लागि ठाकुरसहित अन्य नेताको टिम मंगलबारदेखि भैरहवामा थियो । मंगलबार विमानबाट भैरहवा आएका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए ।

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

विज्ञापन

‘उहाँको छातीमा समस्या हनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखियो’ चिकित्सक पाण्डेले भने, ‘उपचारपछि उहाँको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।’

पाण्डेका अनुसार काठमाडौंको मेडिसीटी अस्पतालमा उपचार गर्ने गरि भैरहवाबाट हेलिकप्टरबाट ठाकुरलाई लगिएको हो । ठाकुरको स्वास्थ्यमा समस्या आएको जानकारी भएपछि चिकित्सक पाण्डेसहितको टोली उनी बसेको होटेलमै बिहान करिब ८ बजेतिर पुगी स्वास्थ्य जाँच गरेका थिए ।

चिकित्सकहरूका अनुसार ठाकुरको उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो । ठाकुरको स्मरणमा समेत केही समस्या देखिएको थियो । ‘उहाँले त होटेलमै औषधिको ट्याब्लेट खाएर आराम गर्ने कुरा गर्दैहुनुहुन्थ्यो’ ठाकुरले भनेको कुरा उदृत गर्दै चिकित्सक पाण्डेले भने, ‘हामीले नमानेर उहाँलाई उपचारका लागि भीम अस्पतालमा ल्याएका हौं ।’ अस्पतालमा लामो समसयसम्म उपचार गरेपछि ठाकुरको स्वास्थ्यमा धेरै सुधार आएको र सुधार आएपछि नै थप उपचारका लागि काठमाडौंका लागि रिफर गरिएको उनले बताए ।

ठाकुरलाई बिहान ९ बजेतिर उपचारका लागि भीम अस्पताल पुर्‍याइउको थियो । बिहान दिउसो १ : २० को समयमा भीम अस्पतालबाट गौतम बुद्ध विमानस्थल लगिएको थियो । १ : ४५ मा विमानस्थलबाट हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

पर्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि भैरहवा आइपुगेका ठाकुरसहित उनको साथमा पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्र महतो, अनिल झा लगायत नेता थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार