होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सोही […]
विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले […]
काठमाडौँ — ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा […]
काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।
अछाम: अछामकी एक युवती २ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको मंगलसैन नगरपालिका–४ सान्नीकोटकी २० वर्षीया किरण केसी हिजो सोमवारदेखि बेपत्ता भएकी हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ५ सान्नीकोट बजारबाट घर जान्छु भनी दिउँसो ३ बजे हिँडेकी उनी घर नपुगेको परिवारिक स्रोतले बताएको छ। बेपत्ता युवती कान सुन्न र बोल्न नसक्ने रहेको बताइएको छ। आफन्तले किरणको […]
मनाङ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप […]
काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक […]
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी […]
काठमाडौं, सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहका खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले बिदाइ गरेका छन् । महानिरीक्षक खनालले अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् ।
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]
काठमाडौं । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् ।पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो । सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् । प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका […]
काठमाडौं। यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत रहेको भएकोले सोही अनुरुप गर्न गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका […]
प्रेस काउन्सिलले सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्ने भएको छ ।आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् […]
धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका […]