होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान
समाचार

महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान

  • नागरिक रैबार
महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान

वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् ।

निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले बताएका छन् । स्वतन्त्र युवा समूहले मंगलबार बर्दिबास-३ गौरीडाँडास्थित पार्क र खड्ग होटलको अगाडि विपी राजमार्गमा ‘नो लालपुर्जा नो भोट’को बोर्ड समेत लगाएका छन् । बोर्डमा ‘जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन’ भनेर पनि लेखिएको छ ।

स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले यसपटकको स्थानीय चुनावमा भोट माग्न आउनेसँग लालपुर्जा माग्ने निर्णयमा पुगिएको बताए । ‘हरेकपटक चुनावमा नेताहरु आउँछन्, लालपुर्जा दिलाउँछौं भन्ने आश्वासन दिएर भोट लिएर जान्छन्,’ उनले भने, ‘मन्त्री बन्छन्, सांसद बन्छन्, बिर्सिन्छन्, हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’

विज्ञापन

बर्दिबास नगरभरी अभियान सञ्चालन गर्ने तयारीमा युवाहरु जुटेका छन् । निर्वाचनमा व्यापक खर्च गर्ने परिपाटी विरुद्ध पनि आफूहरुले आवाज उठाउने उनीहरुको भनाइ छ ।

गौरीडाँडा सहित बर्दिबास नगरपालिकामा ९ हजार ४ सय ३६ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ । आवेदन माग गर्दा जानकारी नपाएर कतिपयले आवेदन नै दिन छुटाएका छन् । दोस्रो चरणमा निवेदन माग गरेर उनीहरुलाई पनि प्रक्रियामा समेट्ने तयारीमा नगरपालिका छ ।

नगर प्रमुख विदुर कुमार कार्की नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताए । ‘एक चरण अभिलेखीकरण भइसकेको छ, नापजाँच भइरहेको छ । त्यसपछि दावी–विरोधको प्रक्रिया हुन्छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागेकाले गर्दा काम सोचे अनुसार गर्न सकेका छैनौं । तर स्थानीय पालिका, आयोग, मन्त्रालय सबै यसपटक लालपुर्जा वितरण गर्ने हिसाबले नै लागेका छौं ।’

यो आर्थिक वर्षमा भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी पालिका अघि बढेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा छौं, सरकारमा भएको फेरबदल, आयोग गठनमा ढिलाई लगायतका कारणले काममा ढिलाइ भएको हो,’ उनले भने, ‘पालिकाबाट कुनै कसर बाँकी राखेका छैनौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार