होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको […]
धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर […]
धनगढीः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ। यो क्रम सोमबार पनि जारी रहनेछ। उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको […]
धनगढीः रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्। चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्। तिमल्सिनाले […]
अछामः अछाममा एमालेले १० पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जिल्लाका १० वटा पालिकामध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको हो। रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ।
नागरिक रैबार बाजुरा ११ बैशाख बडीमालिका नगरपालिकाको मेयरमा राप्रपाबाट दलबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन थापा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राप्रपाको जिल्ला सचिव समेत रहेका थापा बडीमालिका नरपालिका वडा नं. ८ का स्थायी बासिन्दा […]
सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको छ । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले रातोपाटीलाई बताए । शनिवार पर्खाल […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपालमा भ्रमण फलदायी रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन् । डब्ल्युएचओका महानिर्देशक डा.गेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए […]
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् । एक कार्यक्रमका बीच काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले प्रतिपक्षी दलका अध्यक्ष ओलीले मेलम्चीबारे झुठो र कपोकल्पित कुरा गरेको आरोप लगाए । शुक्रबार स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दै ओलीले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् । आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा […]
काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका हुन् । यसअघि पनि उनले १० पटकसम्म उनले वडाध्यक्ष जितेका थिए । ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको […]
काठमाडौँ: संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो। पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन्। लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उहाँ दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। करिब दुई महिना अघिदेखि […]
काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो । महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका […]
धनुषाका विजयकुमार महतो शुक्रबार साउदी अरेबिया जान भनेर काठमाडौं आइपुगे । शुक्रबार बिहान १० बजेको टिकट थियो उनको । त्यो टिकट उनलाई पहिले आफूले काम गरेको कम्पनीले पठाइदिएको थियो । त्यसैले महतो पासपोर्ट र टिकट बोकेर ३ घण्टाअघि नै विमानस्थल पुगेका थिए । तर कम्पनीलाई खै के मूड चल्यो, अन्तिम अवस्थामा टिकट नै रद्द गरिदियो […]
चितवनमा सत्ता गठवन्धनले पालिकासहित ९८ वटै वडामा भागबन्डाको सहमति गरेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वटै वडामा भागबन्डा सहमति गरिएको जानकारी दिए । ती दलहरूले अब आआफ्नो भागमा परेका वडामा उम्मेदवारको टुंगो दलीय हिसाबले लगाउने जनाएका छन् । नेपाली कांग्रेसले जिल्लाका ५८, नेकपा (माओवादी केन्द्र )ले २६ र नेकपा (एकीकृत समाजवादी) […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार बाजुरा १० बैशाख बाजुरामा काफल खाने क्रममा काफलकाे रूख ढलेर ७ जना बालक घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका ८ का वर्ष १४ का दिपक रावल, १६ वर्षका कमल रावल, भिम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन ,रावल रहेका छन् । उनिहरू करिव पाँच बजेतिर साेहि वडाकाे खर्रा […]
पोखरा । कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए । उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए । उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद […]
नागरिक रैबार/बाजुरा १० बैशाख।नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद र ६ वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ । एमालेबाट खप्तड क्षेडेदहको अध्यक्षका लागि दिलबहादुर रावत र उपाध्यक्ष पदका लागि मनदेवी ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले बताएको छ । एमाले क्षेडेदह गाउँपालिकाका अनुसार गाउँपालिका अध्यक्ष र […]