होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मनोनय दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान
राजनीति

मनोनय दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान

  • नागरिक रैबार
मनोनय दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान

, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् ।

राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर शनिबार पनि निर्वाचन अधिकृतको कार्यालय खोलेर फारम वितरण गरेको भएपनि हालसम्म उम्मेदवारी दिन कुनै राजनीतिक दलका उम्मेदवार नआएको निर्वाचन अधिकृतको कार्यालय बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताए ।

विज्ञापन

सोधपुछ र फारम लैजानका लागि फाटफुट मानिस आएपनि उम्मेदवारी दर्ताका लागि कोही नआएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क खत्रीले बताए ।

जिल्लाको बडिगाड गाउँपालिकामा नेपाली कांग्रेले उम्मेदवारी दर्ताका लागि १२ गते दिउँसो ३ बजेदेखि ५ बजे सम्मलाई समय माग्दै पत्र पठाएको निर्वाचन अधिकृत सीतादेवी सुवेदीले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार