होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘… २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको […]
बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन । ‘उम्मेदवारहरू घरदैलो […]
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए । स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् । […]
सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट […]
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन […]
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र […]
नागरिक रैबार/ बाजुरा १९ बैशाख। बाजुराकाे बुढिगंगा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा आएका छन । बुढिगगा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् […]
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले […]
निर्वाचन आयोगले उम्मेदवारी नदिने दलको निर्वाचन चिह्न मतपत्रमा नराख्ने सैद्धान्तिक निर्णय त गरेको छ । त्यसका लागि सबै पद खाली हुनुपर्ने मापदण्ड बनाएकाले निर्णयको कुनै अर्थ हुने देखिंदैन । १९ बैशाख, काठमाडौं । निर्वाचन आयोगले केही दिनअघि काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र सबैभन्दा ढिलो छाप्ने भनी निर्णय गर्यो । उम्मेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र […]
नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा प्रयोग गरेको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन । करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ ।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान नगरपालिकाको वडा नं. १ बाट सुरु गरेको हो । यस अघि नगरका १० वटै वडाका मतदातासंग प्रत्येक्ष साक्षात्कार गरिसकेको एमाले बुढीनन्दा नगर कमिटीले आजबाट पुनः घरदैलो अभियान सुरु गरेको हो । १ नं. […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी फिर्ता अवधी सकिए लगत्तै टोल बस्तीमा घरदैलो सुरु गरिएको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । नौ वटै वडाका अध्यक्ष सहीतका उम्मेदवारहरु वडा केन्द्रीत गरिएको र नगर प्रमुख उपपप्रमुखका उम्मेदवारहरु प्रत्येक टोल बस्तीमा […]
काठमाडौँ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की […]
पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि […]
मुम्बई । मनी लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनमा लगातार सञ्चारमाध्यमको हेडलाइन बनिरहेकी छन् । उनलाई सुकेश चन्द्रशेखरसँगको सम्बन्धले तनाव दिइरहेको छ । पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]
बझाङः बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरिएको छ। (हिजो) वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता गरिएको हो। पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको छानामा लिएर २०७९ वैशाख १६ गते बलात्कार गरेको […]
काठमाडौँ, १८ वैशाख । मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी […]