होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मत माग्न घरदैलोमा उम्मेदवार
समाचार

मत माग्न घरदैलोमा उम्मेदवार

  • नागरिक रैबार
मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो ।

अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम सुरु गरेको छ भने अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन् ।

मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ । अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन् । गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन् ।

विज्ञापन

उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन् । गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड , बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको काँग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।

एमालेले बागलुङ नगरमा आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिए । गठबन्धले अहिले चुनावी प्रतिबद्धता पत्र बनाउनसमेत जुटिरहेको छ भने एमालेले बानपा र गलकोटमा चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार