होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको […]
डोल्पा । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा मंगलबार मृत्यु भएको थियो । निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन […]
कपिलवस्तु ,वैशाख २८ मतदातालाई लैजाँदै गरेको रक्सी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । बुधवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सानो वर्ग दहवामा स्टार ब्रान्डको रक्सी बाँड्दै गर्दा पक्राउ परेका हुन । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान […]
दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए । उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते […]
काठमाडौँ — स्थानीय तह निर्वाचन संघारमै आइपुगेको छ, ‘माथिल्लोस्तर’ का नेताहरूले निम्नस्तरका शब्दमा एकअर्काको उछितो काढिरहेका छन् । कतै–कतै समृद्धि र पूर्वाधारका बहस पनि भएका छन् तर आधारबिनाका । खासमा, हाम्रा स्थानीय मुद्दा के हुन् जसमा जनप्रतिनिधिले साँच्चै हस्तक्षेप र सुधार गर्न सक्छन्, ती विषय ओझेल नपरून्, एउटा विषय म उठाउँदैछु । पत्रकारिताका लागि म काठमाडौं बस्छु तर आमाबा […]
पाेखरा, २८ वैशाख । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन् ।आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन् ।
आगामी बिहीबार र शुक्रबार देशैभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव समेत मिसिएपछि मौसम सक्रिय हुने भएको हो। तर, बिहीबार र शुक्रबार भारी वर्षा भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ। आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन लागेकाले मतदातालाई वर्षा र चट्याङ पर्दा […]
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालकाअनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस […]
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा […]
काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो […]
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव […]
रोल्पाको गंगादेव गाउँपालिकामा झडप हुँदा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २६ मा गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । झडप हुँदा खुकुरी प्रहारमा संलग्न प्रकाश केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा केसी सल्यानबाट […]
नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवर्द्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ । बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा […]
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए । २४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय […]
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, […]
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्। मतदानका लागि परिचयपत्र अनिवार्य हो […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका सबै मतदान केन्द्रमा निर्वाचन साम्रगी पुगेको छ । सबै भन्दा टाढा रहेको हिमाली गाउँपालिकाको गुम्बामा समेत मतदान अधिकृत सहित निर्वाचन साम्रगी पुगिसकेकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना […]
हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् । घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।पिलोको उपचार उपकरण […]
धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन्। चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ। त्यसपछि प्रदेश […]