होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोल्पामा काँग्रेस कार्यकर्तालाई खुकुरी हानेर भागेका युवक सल्यानबाट पक्राउ
समाचार

रोल्पामा काँग्रेस कार्यकर्तालाई खुकुरी हानेर भागेका युवक सल्यानबाट पक्राउ

  • नागरिक रैबार
रोल्पामा काँग्रेस कार्यकर्तालाई खुकुरी हानेर भागेका युवक सल्यानबाट पक्राउ

रोल्पाको गंगादेव गाउँपालिकामा झडप हुँदा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २६ मा गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।
झडप हुँदा खुकुरी प्रहारमा संलग्न प्रकाश केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा केसी सल्यानबाट पक्राउ परेका हुन् ।

झडपमा तरुण दलका वडाअध्यक्ष मानबहादुर बुढामगर र सो वडाका काँग्रेस कार्यकर्ता २० वर्षीय कमल बुढामगर घाइते भएका थिए । कमल बुढामगरको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार