होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षका उम्मेदवार प्रहरीको नियन्त्रणमा, रुकुमको बाँफिकोटमा मतगणना सुरु हुन सकेन
समाचार

वडाध्यक्षका उम्मेदवार प्रहरीको नियन्त्रणमा, रुकुमको बाँफिकोटमा मतगणना सुरु हुन सकेन

  • नागरिक रैबार
वडाध्यक्षका उम्मेदवार प्रहरीको नियन्त्रणमा, रुकुमको बाँफिकोटमा मतगणना सुरु हुन सकेन

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन। वडाध्यक्षका उम्मेदवार सवार गाडीको ठक्करबाट मतदाताको मृत्यु भएपछि उम्मेदवार जनककुमार बाँठा मगर प्रहरीको नियन्त्रणमा छन्। प्रहरीको नियन्त्रणमा रहेको उम्मेदवार नछुटेसम्म मतगणना नहुने भएको छ।

बाँफिकोट गाउँपालिका–७ मा नेपाली काँग्रेसका उम्मेदवार बाठामगर सवार लु ३ च ३३१० नम्बरको गाडीले ठक्कर दिँदा ७० बर्षीय प्रवीण खत्रीको शुक्रबार मृत्यु भएको थियो। बिहान ७ बजेदेखि मतगणना गर्ने भनिएपनि सुरु नभएको बाँफिकोटका निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिएका छन् । ‘अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बैठक बसिरहेको छ, कतिबेलादेखि मतगणना गर्ने भन्ने फिक्स भएको छैन,’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार