होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने
देश/प्रदेश

हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

  • नागरिक रैबार
हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

हुम्ला । हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ ।

नाम्खा गाउँपालिका-६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो ।

यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

विज्ञापन

चंखेली गाउँपालिका-५ को नेप्काबाट मतपेटीसहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।नाम्खा गाउँपालिका ६ को लिमी मतदान केन्दको हेलिकप्टरबाट मतपेटिका कर्मचारी भोलिमात्रै ल्याइने छ ।

यी केन्द्रमा कर्मचारीहरू हिउँ छिचोल्दै पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै