होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छांगरु र तिंकरबाट मतपेटिका ल्याउन हेलिकोप्टर प्रस्थान
समाचार

छांगरु र तिंकरबाट मतपेटिका ल्याउन हेलिकोप्टर प्रस्थान

  • नागरिक रैबार
छांगरु र तिंकरबाट मतपेटिका ल्याउन हेलिकोप्टर प्रस्थान

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको छ ।

दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो ।

विज्ञापन

व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको थियो ।

व्याँस गाउँपालिकाका ६ वटै वडामा ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार