होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको छ । विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकाकालगायत १४ भन्दा बढी देशका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरुलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गरेका हुन् । ‘जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू […]
तनहुँ: यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ […]
काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । राज्यका […]
नेपालगञ्ज – मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ […]
नागरिक रैबार/बाजुरा १० जेठ।जिल्ला निर्वाचन कार्यालय बाजुराले स्थानीय तह निर्वाचन सदस्यका लागि आफुले गरेको खर्चको विवरण बुझाउन बाजुराका राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले एक सूचना जारी गर्दै स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सहभागि उम्मेदवारहरुले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको हो । जिल्ला […]
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो। एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको […]
काठमाडौं : सरकारले पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनको बनाउने भएको छ।राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने उल्लेख गरेको छ। यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने उल्लेख छ। राष्ट्रिय राजमार्ग जोड्ने तराईका सडकलाई सडकमा कम्तिमा चार […]
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिएका हुन्। पौडेल एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन जेठ ७ गते बेलायत गएका हुन्।
काठमाडौंः सरकारले स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिने उल्लेख छ।आर्थिक वर्षमा थप ३०० सडक पूल निर्माण कार्य सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै सचिव भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न […]
काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी […]
नागरिक रैबार। आईएन एफ नेपाल बाजुराले कोल्टीमा पनि फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस भनाएको छ । प्राथमिक स्वास्थ केन्द्र कोल्टी र फेज नेपालको सहकार्यमा कोल्टीमा सो दिवस मनाईएको हो । दिवसको अवसरमा आईएन एफ नेपालले कोल्टी बजारमा र्याली सहित फिस्टुलाको अन्त्यका लागि भन्दै अभिमुखिकरण गरि सम्पन्न गरेको थियो । दिवसको अवसरमा नागरिकहरुलाई प्रसब फिस्टुलाको बारेमा […]
नागरिक रैबार/बाजुरा १० जेठ। बडीमालिका नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुलाई इसाई समाज बाजुराले सम्मान गरेको छ । ईसाई समाज बाजुराले आज आफ्नो कार्यालयमा बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा लगायत वडा अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे पूर्ण कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो । इसाई […]
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। […]
काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् ।पेट्रोलियम पदार्थमा लगाइएको करको पुर्नविचार,वैकल्पिक उर्जाको खोज […]
काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । गत चैत ३० गतेको मन्त्रिपरिषद वैठकले जेठ […]
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा […]
मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए । उनका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]