होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाज
  • निर्वाचन खर्चको विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय बाजुराको आग्रह
समाज

निर्वाचन खर्चको विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय बाजुराको आग्रह

  • नागरिक रैबार
निर्वाचन खर्चको विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय बाजुराको आग्रह

नागरिक रैबार/बाजुरा १० जेठ।जिल्ला निर्वाचन कार्यालय बाजुराले स्थानीय तह निर्वाचन सदस्यका लागि आफुले गरेको खर्चको विवरण बुझाउन बाजुराका राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले एक सूचना जारी गर्दै स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सहभागि उम्मेदवारहरुले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले जारी गरेको सूचना अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम स्थानीय सदस्य निर्वाचनमा सहभागि प्रत्येक उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरा नियमावलीको अनुसुचि ३० बमोजिम ढाँचामा मा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

विज्ञापन

सोही व्यवस्था अनुसार बाजुराका नगरपालिका तथा गाउँपालिकामा विभिन्न पदमा भएका उम्मेदवारहरुले आफुले निर्वाचन खर्चको विवरण अनिवार्य बुझाउन आग्रह गरेको छ ।

यदि कुनै उम्मेदवारहरुले तोकिएको अवधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएमा संघीय कानुन बमोजिम जरिभाना भई जाने व्यहोरा समेत जिल्ला निर्वाचन कार्यालय बाजुराले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै