होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ भदौ।नेकपा एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गर्ने निर्णय गरेको छ । हिजो सदरमुकाम मार्तडीमा बसेको एमालेको जिल्ला कमिटीको बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको पार्टी सचिव भरत थापाले बताएका छन् । यस बसेको अघिको बैठकले चैत्र महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय […]
सर्वसम्मत नेतृत्व चयन हुन नसकेको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पदाधिकारीका लागी १५ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ। कँँडेल र रिजालले […]
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई […]
राजेन्द्र विक बाजुरा,१७ भदौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो […]
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ । खबरहवबाट
काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र […]
नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो । बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् । शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा […]
काठमाडौँ– नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ। आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत […]
जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ […]
नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका सगै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् […]
सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन/तीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा […]
काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र […]
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा […]
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतवार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतवार ६ घण्टा यातायात बन्द गरिने भएको हो। भासिएको सडकमा तार जाली […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका […]
बझाङः बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधवार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।